डा भट्टराई डिस्चार्ज

भक्तपुर, २५ साउन । मूत्रथैलीको शल्यक्रिया गरी विगत छ दिनदेखि अस्पतालमा रहेका नयाँ शक्ति पाटीका संयोजक डा बाबुराम भट्टराई बुधबार घर र्फकेका छन् ।

डा भट्टराईको भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा गत शुक्रबार मूत्रथैलीको शल्यक्रिया गरिएको थियो । उनको उपचारमा ८५ हजार खर्च भएको अस्पताल प्रशासनले जनाएको छ ।

बुधबार अस्पतालबाट घर फर्किनेक्रममा डा भट्टराईले स्वदेशमै पनि स्तरीय स्वास्थ्य सेवा लिन सकिने भन्दै उपचारका नाममा विदेश धाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

- रासस