चिसाखोला वेद विद्याश्रममा कक्षा ११

पोखरा, २५ साउन। पोखरा १८ स्थित पोखरा चिसाखोला वेद विद्याश्रममा कक्षा ११ सञ्चालन भएको छ। वैदिक विधिअनुसार एक कार्यक्रमकाबीच बुधबार कक्षा शुभारम्भ भयो ।

प्रमुख अतिथि वेदगुरु अग्निहोत्रृ पं केदारनाथ उपाध्यायले आशीवचन सुनाउँदै वैदिक धर्मको रक्षाका लागि सबै लाग्नुपर्ने बताए।

वेद विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले वैदिक धर्म र संस्कृतिको संरक्षणमा वेद विद्याश्रमको योगदान अतुलनीय रहेको भन्दै साधारण विद्यालयबाट १० पास गरेका र इच्छा तथा चाहना भएकाले पनि कक्षा ११ मा भर्ना हुन पाउने कुरा अवगत गराए।

नेपाली काँग्रसका वडा सभापति शिवप्रसाद तिमिल्सिनाले वेद विद्याश्रम वडाको गहना भएको बताउँदै यसको उन्नति र विकासमा सम्पूर्ण वडाबासी लाग्नु पर्नेमा जोड दिए।

नेकपा एमालेका कावा वडाध्यक्ष पुस्कलबहादुर थापाले अहिले धर्म, संस्कृतिको लोप हुन लागेको अवस्थामा वेद विद्याश्रमले धर्म संरक्षणमा गरेको योगदानको कदर गर्दै आफू र आफ्नो पाटीले हरबखत सहयोगमा जुट्ने वचन दिए।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजु शर्मा तिमिल्सिनाले अहिलेको युगमा वेदको महत्व बढ्दै गएको भन्दै विद्याश्रमले चालेको कदम प्रगति आफ्नो पूर्ण साथ रहेको र विद्याश्रमको हरेक कार्यमा हातेमालो गर्न तयार रहेको बताए।

कार्य समिति अध्यक्ष भगवती अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्याश्रम अभिभावक संघका अध्यक्ष शिवप्रसाद बराल, प्रध्यानाध्यापक श्रीराम तिमिल्सिना, इश्वर रेग्मी, विद्यार्थी प्रदीप पौडेल, विदुर भट्टराईलगायतले आफ्नो आफ्नो मन्तव्य राखेका थिए।

यस्तै, कक्षा सञ्चालनमा सहयोग पुग्ने हेतुले शिवप्रसाद तिमिल्सिनाद्वारा १० हजार, राजु शर्मा तिमिल्सिनाबाट पाँच हजार पाँच सय ५५, शिवप्रसाद बरालबाट पाँच हजार पाँच, पुष्करबहादुर थापाबाट दुर्इ हजार, माया पौडेलबाट एक हजार पाँच दान सहयोग भएको थियो।

कार्यक्रममा शिक्षक मनहरि दवाडीले स्वागत, विद्यार्थी आशीष बास्तोलाको समूहले स्वागत भजन प्रस्तुत गरेका थिए भने सञ्चालन विद्याश्रमका सचिव गंगासागर उपाध्यायले गरेका थिए।

- एजेन्सी