मिस कल्चर नेपाललाई सिजी बु्रअरीको साथ

पोखरा २४, असोज। पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिले सञ्चालन गर्दै आएको मिस कल्चर नेपालको चौथो संस्करणलाई सिजि ब्रुअरी (नेपाल आइस बियर)ले मुख्य प्रायोजन गर्ने भएको छ।

मंगलबार एक कार्यक्रममा दुर्इ पक्षबीच मुख्य प्रायोजनबारे सम्झौता भएको हो।

सिजि ब्रुअरीका रिजलमा सेल्स म्यानेजर मनोज घिमिरे र पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रालिका अध्यक्ष शोभा गौतमले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

संस्कृतिको सरक्षणको साथै समग्र पोखराको पयर्टन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेकोले आफूहरूले मुख्य प्रायोजन गरेको सेल्स म्यानेजर मनोज घिमिरेले बताए।

प्रायोजनको साथलाई जीवन्त राख्न पुष्पाञ्जली सधैँ सफल हुने संस्थाकी अध्यक्ष शोभा गौतमले बताइन्। असार १० बाट शुरू उक्त कार्यक्रममा विभिन्न चरण पार गर्दै प्रतियोगीलाई असोज ३ मा पोखरा सभागृहमा हुने फाइनल कार्यक्रममा सहभागी गराउने कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता