कपोर्रेट सेभेन ए साइडको सेमिफाइनल र फाइनल आज

पोखरा, २२ साउन। पोखरा रंगशालामा जारी वीरबहादुर जिसी स्मृति अन्तर कपोर्रेट सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।

प्रतियोगितामा रोट्रयाक्ट क्लब अफ हेमजा, टिएन मल्टिी नेशनल कम्पनी, लायन्स क्लब अफ पोखरा मुनाल र विशाल बजार व्यापारिक एसोशिएसनको टोली सेमिफाइनलमा प्रवेश गरेका छन्।

नेपाल सेभेन ए साइड फुटबल फेडेरेशनको आयोजनामा जारी आइतवारका क्वाटर फाइनल खेलमा टिएन मल्टिनेशनल कम्पनीले नेपाल मोवाइललाई ३-२ गोलले, लायन्स क्लब अफ पोखरा मुनालले हेमजा व्यापारिक एसोसियसनलाई टाइबे्रकरमा ३-१ ले, रोट्रयाक क्लब अफ हेमजाले लायन्स क्लब अफ पोखरा टुरिजम सिटीलाई ४-१ तथा विशाल बजार व्यापारिक एसोसिएसनएले फेवा टिभीलाई ३-२ गोलले पराजित गरी सेमिफाइनलमा पुगेको हो। सोमवार हुने सेमिफाइनल खेलमा टिएन मल्टी नेशनल कम्पनी विरुद्ध रोट्रयाक क्लब अफ हेमजा तथा विशाल बजार व्यापारिक एशोसियसन विरुद्ध लायन्स क्लब अफ पोखरा मुनालका बीच बिहान ८ बजेबाट पोखरा रंगशालामा हुने संयोजक सुनिल जिसीले जानकारी दिए। सोमबार सम्पन्न हुने प्रतियोगितामा विजेता टोलीले ५० हजार र उपविजेताले ३० हजारसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन।

- अादर्श समाज सम्वाददाता