उपकार सहकारीमा पहारी

पोखरा, २२ साउन। पोखरा लेखनाथ महानगरपालिका वडा न. ६ स्थित उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वाषिर्क साधारणसभा तथा चौथो अधिवेशनले आगामी तीन वर्षका लागि पुनः सूर्यनाथ पहारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा विजय पहारी, सचिवमा नारायण अधिकारी, कोषाध्यक्षमा सुन्दरराज पहारी, सदस्यमा दुर्गादेवी पहारी, कृष्णकुमारी घिमिरे, सञ्जु गौतम घिमिरे, संगीता पहारी बस्नेत र फत्तबहादुर हिस्की थापा छन्।

लेखा समिति संयोजकमा राजु विश्वकर्मा तथा सदस्यमा राजेन्द्र रेग्मी, वैकुण्ठ ढुङ्गाना, ऋण उपसमिति सदस्यमा रामबहादुर खाँड, धनपति पौडेल, शिक्षा उपसमिति सदस्यमा सागर गिरी, अमृत भुजेल, महिला उपसमिति संयोजकमा पवित्रा थापा तथा सदस्यमा भगिरथी क्षत्री, गौमाया गौतम र अनुगमन उपसमिति संयोजकमा कुलप्रसाद सुवेदी तथा सदस्यमा इन्द्र पौडेल, सुन्दरराज पहारी छन्।

यसअघि, सभाको उद्घाटन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्राचार्य बद्रीनाथ अधिकारीले गरेका थिए।

त्यसअवसरमा संस्थाका सल्लाहकार एवं पोखरा लेखनाथ महानगरपालिका वडा न. २४ को वडाध्यक्षमा ओमप्रकाश सुवेदी, पोखरा लेखनाथ महानगरपालिका वडा न. ६ का वडाध्यक्ष जगतबहादुर पहारी, सदस्य पुष्पा घले, राममाया विक, विष्णुबहादुर भट्टराई, हरिकृष्ण पहारी र सफल महिला उद्यमी सम्मानबाट सम्मानित शेयर सदस्य गोमा ढकाललाई सम्मान गरिएको थियो।

त्यस्तै, असल बचतकर्ता घनबहादुर केसी, प्रकाश खड्का, असल मासिक बचतकर्ता उमेश पहारी, चन्द्रकला ढकाल, असल मुद्वती बचतकर्ता सूर्यप्रसाद पहारी, मनमाया रेग्मी, असल ऋणी विष्णुमाया श्रेष्ठ, राधा पन्थ, उत्कृष्ठ सदस्य कृष्णकुमारी घिमिरे, उत्कृष्ठ कर्मचारी रमा पराजुलीलाई पुरस्कृत गरिएको थियो।

साथै, एकल महिला सिता ढकाल, चिनुमाया भण्डारी, माया कोइराला, राधादेवी बानियाँ, बिन्दुसिंह दाहाल, रञ्जना अधिकारी र दुर्गा पहारीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा न. ६ का वडाध्यक्ष जगतबहादुर पहारी, २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, सहकारीका संस्थापक अध्यक्ष इन्द्र पौडेल, समाजसेवी गोविन्दराज पहारी, महिला उद्यमी गोमा ढकाल, वडा महिला समन्वय समिति अध्यक्ष विष्णु केसी, टोल समन्वय समितिका अध्यक्ष गिरिराज अधिकारी, वडा नागरिक मञ्चका अध्यक्ष विष्णुहरि अधिकारी, गण्डकी विकास बैंक लेकसाइडका शाखा प्रवन्धक राजेन्द्र कोइराला, शेयर सदस्य राजेन्द्र रेग्मी र सीता तिमिल्सिनाले बोलेका थिए।

उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सूर्यनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य फत्तबहादुर थापाले स्वागत र सचिव विजय पहारीले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता