शिक्षा बनिन् शेर्पा मिस टिन

पोखरा, १४ साउन । शेर्पा मिस टिनको उपाधि शिक्षा गुरुङले पहिरेकी छन् । पोखरा सभागृहमा भएको प्रतियोगितामा १३ प्रतिष्पर्धीलाई पछि पार्दै उनले उक्त उपाधि जितेकी हुन् । उनले दर्शक छनोट तथा फोटो जेनिक एवं बेष्ट हेयरको उपाधिसमेत पाइन् ।

प्रतियोगिता विद्या केसीले उपविजेतामा चित्त बुझाइन् । उनले मोष्ट व्युटिफुलको र्टाईटल पाइन्। स्रि्रन क्षत्री सेकेण्ड रनर अप जित्दा दर्शक रोजाइमा रजनी हमाल परिन्।

‘व्युटी विद बे्रन भन्ने नारासहित मिस टिन गण्डकीको तेस्रो संस्करणलाई ब्रेभ इन्टरटेनमेन्टले एकमहिनापछि उनीहरुलाई ग्राण्ड फिनालीमा उतारेको थियो।

जिप्सन जुम्बाले आवश्यक जुम्बासम्बन्धी प्रशिक्षण दिएको थियो। शेर्पा बु्रवरीको मुख्य प्रायोजनमा सम्पन्न शेर्पा मिस टिन गण्डकी सिजन ३ को ताजसँगै ब्राण्ड एम्बेसडर बनिन्।

विजेतालाई मुख्य प्रायोजक शेर्पा बेर्बरीका प्रमुख कार्यकारी अधिकृत फुवा शेर्पा, युवा व्यवसायी सिरोजविजय कोइराला, ब्रेभ इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक विजय क्षत्री, प्रालिका अध्यक्ष दीपकबहादुर गोदार, फेशन डिजाइनर एवं निर्णयक अमित बराल, मिसेज गण्डकी नीलिमा हिराचन, गत वर्षकी मिस टिन गण्डकी अनुषा थापा तथा कार्यक्रम संयोजक विशाल क्षत्रीलगायतले पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा पुष्पाञ्जली फेशन तथा इभेण्ट प्रालिले गिफ्ट हृयाम्पर प्रदान गरेको थियो।

- एजेन्सी