महानायक हमाललाई अर्चलथुममा स्वागत

खैरेनीटार, १४ साउन । अर्चलथुम प्राथमिक विद्यालय, शुक्लागण्डकी नगरपालिका वडा नं. ७, अर्चलेमा महानायक राजेश हमाललाई भब्य स्वागत गरिएको छ ।

हमालले विकासको पूर्वाधारमध्ये शिक्षा महत्वपूर्ण आधार भएकोले शिक्षा दिने विद्यालयलाई सबैले मिलेर बनाउनु पर्ने बताए । उनले अर्चलथुम प्राथमिक विद्यालयलाई आउने दिनमा यथासक्य सहयोग गर्ने पनि जनाए ।

खेमराज शर्माले अर्चलथुम प्राथमिक विद्यालयलाई ५० हजार नगद सहयोग गरेका छन् । उनले यस विद्यालयलाई पटक पटक गरि एक लाख ९० हजार सहयोग गरिसकेका छन् ।

कार्यक्रममा शुक्लागण्डकी ७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापा, वडा सदस्य किशान गुरुङ, नगरपालिका सदस्य विष्णुमाया ढकाल, खैरेनी माध्यमिक विद्यालयका शिक्षक बोधराज ढकाल, बेगनास लायन्स क्लबका अध्यक्ष सन्तोष घिमिरेलगायतले बोलेका थिए भने हाँस्य कलाकार मनिष घिमिरेले हाँस्य प्रस्तुति प्रस्तुति राखेका थिए ।

अर्चलथुम प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिखीराम मरासिनीको अध्यक्षता रहेको कार्यक्रममा स्वागत विद्यालयकी प्रधानाध्यापक मायादेवी ढकालले गरेकी थिइन् भने सञ्चालन शिक्षक अमृता बरालले गरेकी थिइन ।

- अादर्श समाज सम्वाददाता