मासिक एक सय रूपैयाँमा बिजुली झलल

लमजुङ, २ साउन। लमजुङलाई जलविद्युतको क्षेत्रमा लगानी मैत्री तथा नमूना जिल्ला बनाउने लक्ष्यका साथ अभियान थालिएको छ।

यसै सर्न्दर्भमा पछिल्लो पटक ढोडेनीमा निर्माण गरिएको लघुजलविद्युत आयोजनाले उपभोक्ताका लागि प्रतिमहिना एक सय रूपैयाँमा विजुलीको सेवा दिएर गाउँलाई झलमल्ल बनाएको छ। एक युनिट बराबर ११ रूपैया शुल्क निर्धारण गरिए पनि एक महिनामा जति बिजुली बाले पनि प्रत्येक घरलाई एक सय रूपैयामा शुल्क उठाउने कार्य गरेको उक्त लघुजलविद्युत आयोजना निर्माण समितिका अक्ष्यक्ष कुमार लामाले बताए।

उनका अनुसार दोर्र्दी गाउँपालिका अन्तरगतको तत्कालीन ढोडेनी गाबिस- ६, ७ र ८ वडामा सो सुविधा प्राप्त भएको हो।

यतिबेला ती गाउँका तीन सय स्थानीय बासिन्दाले उक्त सुविधा उपभोग गर्न पाएको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र ग्रामिण सशक्तिकरण समाज दमौलीको श्रेत्रीय टिम लिडर सरिता गुरुङ बताइन्।

लमजु्ङ जिल्लालाई लोडसेडिमुक्त जिल्ला घोषणा गरिएको भए तापनि उक्त आयोजनाको विद्युत उत्पादन भएपछि मात्र ढोडेनीमा बिजुली बत्तीको प्रयोग गर्न पाएको बताएका छन्। ढोडेनीका स्थानीयहरूले आफ्नै गाउँक्षेत्रमा निर्माण गरेको छोटेखोला लघुजलविद्युत आयोजना निर्माण सम्पन्न गरी सस्तो मूल्यमा बिजुली बालेका हुन्।

छरछिमेकीमा बिरामी, रातको समयमा कुनै अप्ठेरो पर्दा, साँझमा केटाकेटीलाई पढ्ने र मोवाईल चार्जसम्म पनि कठिन स्थितिको सामना गर्नु परेको अवस्थामा अहिले महिनाभर एक सय रूपैयामा जति पनि विजुली बाल्न पाएको स्थानीय भीमबहादुर तामाङले बताए।

विद्युत आयोजना समितिका कोषाक्ष्यक्ष कुशा गुरुङले आयोजना निर्माण गर्न कुल एक करोड ७५ लाख रूपैयाँ लागेको जानकारी दिइन्।

छोटेखोलामा वैकल्पिक उर्जा प्रवर्द्वन केन्द्र/राष्ट्रिय ग्रामिण तथा नविकरणीय कार्यालयको क्षेत्रीय सेवा केन्द्र ग्रामीण सशक्तिकरण समाज दमौली तनहुँ नेपाल सहजीकरण गरी आयोजना निर्माण गरिएको हो।

निर्माणको कुल खर्चमध्ये वैकल्पिक उर्जा प्रवर्द्वन केन्द्रबाट एक करोड २७ लाख ७० हजार, जिल्ला समन्वय समितिबाट १० लाख रूपैया, तत्कालिन ठोडेनी गाउँ विकास समितिबाट दुर्इ लाख र स्थानीयको जनश्रमदानबाट पाँच लाख बराबरको खर्च व्यहोरेको आयोजना निर्माण समितिका अध्यक्ष कुमार लामाले बताए।

- अादर्श समाज सम्वाददाता