सडकका खाल्डा पुर्न प्रधानमन्त्रीको निदेशन

काठमाडौ १ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डाहरु तत्काल पुर्न निदेशन दिएका छ। काठमाडौंको सडकको अवस्था महानगर भन्न पनि लाज लाग्ने रहेको टिप्पणी गदै प्रधानमन्त्री देउवाले आवश्यक परे थप बजेट दिन तयार रहेको तर १५ दिनभित्र सडकका खाल्डाखुल्टी पुर्र्नुपर्ने बताए।

सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजना लगायत सरोकारवाला मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न प्रधानमन्त्री देउवाले निदेशन दिएका हुन्। शुक्रबार राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत एक बालिका ढलले बगाएर निधन भएको र सामखुशीमा अर्का स्कुले बालिका ढलले बगाउदै गर्दा उद्दार गरिएको घटनाप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री देउवाले यस्ता समस्या नदोहोरिने गरी समाधान गर्न निदेशन दिए। बैठकमा प्रधानमन्त्री देउवाले भने- ‘उपत्यकाका खाल्डाहरु तत्काल पुर्र्नु, त्यसको लागि थप वजेट चाहिए म उपलव्ध गराउँछु।’ प्रधानमन्त्रीले सरोकारवाला निकायका प्रमुखहरुलाई तत्काल फिल्डमा खटिएर समस्या समाधान गर्न समेत निदेशन दिका छन्।

प्रधानमन्त्रीले भने-‘तपाईहरुले आजै फिल्डमा गएर निदेशनदिनुस्, बढिमा १५ दिनभित्र काठमाडौंका खाल्डाहरु पुर्नहोस्, फुटेका ढलहरु बनाउनुहोस्। ढलेकाविजुलीको पोल गाड्नुहोस् १५ दिनभित्र मलाई रिपोर्ट गर्नुहोस्।’ प्रधानमन्त्रीले काठमाडौं उपत्यकाका नेपाल टेलिकम, विद्युतप्राधिकरण र सडक विभागले समन्य गरेर कामगर्न पनि निदेशन दिए। प्रधानमन्त्रीले काठमाडौं उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्ताव समेत तयार गर्न निदेशनदिएका छन्।

- अादर्श समाज सम्वाददाता