पूर्व-पश्चिम राजमार्गको जैविक मार्गमा अप्रेसन क्याम्प

चितवन, १ साउन। पूर्व-पश्चिम राजमार्गको बरण्डाभार जैविक मार्गको टिकौली खण्डमा सवारीसाधनले जंगली जनावर मार्ने क्रम बढेपछि आइतबारबाट सुरक्षा अप्रेसन क्याम्प स्थापना गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुकदल गण र शशस्त्र वन रक्षक तालिम केन्द्रको संयुक्त अप्रेसन क्याम्प खडा गरी सो खण्डको निगरानी शुरु गरिएको हो।

निकुञ्जका सहायक संरक्षण अधिकृत अबिनय पाठकका अनुसार भरतपुर महानगर र रत्ननगर नगरपालिकाको सीमामा रहेको उक्त सडक खण्डमा सवारी रोक्ने, फोहोर फाल्ने, दिशा पिसाब गर्ने, हर्न बजाउने, त्रि्र गतिमा सवारी चलाउने लगाएतका गतिबिधि गर्नेहरूलाई चको जरिबाना असुल गर्न थालिएको हो।

प्रतिबन्धित गतिविधि गर्ने दुर्इ पांग्रे सवारीका लागि एक सय, हल्का सवारी साधनका लागि पाँच सय र ठूला सवारी साधनका लागि एक हजार रूपैंया जरिवाना तोकिएको छ। प्रति घण्टा ४० किलोमिटर भन्दा त्रि्र गतिमा सवारी चलाउनेलाई कारवाहि गरिने छ।

निकुञ्ज, नेपाली सेना र वन रक्षक तालिम केन्द्रका दुर्इ /दुर्इ जना गरि छ जनाको संयुक्त अप्रेसन क्याम्प खडा गरिएको छ। सोही टोलिले बिहानबाट साँझसम्म गस्ति गर्ने र नियम उल्लंघन गर्नेहरूसँग जरिवाना असुल गर्ने पाठकले बताए।

सुरुका दिनमा मात्र गस्ति गरिए पनि पछि २४ सैं घण्टा गस्ति गरिने उनले जानकारी दिए। यस अघि असार २० गते सरोकारवालाहरूको बैठक बसी जरिवानाका बिषयमा जानकारी गराएर साउन १ गतेबाट लागु गर्ने निर्ण्र्ाा भएको थियो।

यसअघि संरक्षणका लागि एक मिनेट भनेर सवारी चालकलाईहरू सो कार्यक्रम बारे जानकारी दिइएको थियो। सो क्रममा पर्चा बाड्नुका साथै मौखिक रूपमा जानकारी गराइएको थियो। सो सडक खण्ड जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिन्छ। २४ सैं घण्टा सवारी गुड्ने यो सडकमा सवारी रोकेर दिशा पिसाव गर्ने, फोहोर फाल्ने, त्रि्र गतिमा सवारी चलाउँदा सवारीसाधनसँग जनावरहरू ठोकिएर मर्ने, हर्नका कारण वातावरणमा ध्वनि प्रदुषण हुने जस्ता समस्या बढ्दै आएको पछि जरिवाना असुल्न बाध्य भएको निकुञ्जले जनाएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले चुरे र महाभारत जोड्ने महत्वपूर्ण यो मार्गमा बाघ, गैंडा जस्ता दुर्लभ वन्यजन्तु आवातजावत गर्ने गर्दछन्। सो क्रममा सवारीको ठक्करबाट वन्यजन्तु मर्ने गरेको प्रशस्त घटनाहरू भएको भन्दै उनले यसलाई रोक्न अहिलेको कार्यक्रम प्रभावकारी हुने बताए।

- अादर्श समाज सम्वाददाता