इञ्जिनियरिङका विद्यार्थीको आन्दोलन स्थगित

पोखरा, १ साउन। इञ्जिनियरिङका विद्यार्थीले आन्दोलन स्थगन गरेका छन्।

त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ विभाग -आईओर्इ) ले परीक्षा शुल्कमा गरेको वृद्धि फिर्ता लिने जनाएसँगै मुलुकभर आन्दोलित विद्यार्थीको आन्दोलन स्थगित भएको हो।

आईओर्इले परीक्षा शुल्क पाँच सयबाट बढाएर आठ सय पुर्‍याएको थियो। त्यसको विरोधमा इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसमा पनि दुर्इ विद्यार्थी संगठन नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन शुरु गरेका थिए।

उनीहरुले आइतबार दिउँसो दुर्इ बजेदेखि आमरण अनसन नै शुरु गरेका थिए। धरानमा चार दिनदेखि आमरण अनसन जारी थियो भने पुल्चोकमा बस्ने तयारी रहेको नेवि संघ क्याम्पस इकाई सभापति आदर्श लामिछानेले बताए। नेविसंघका इकाई उपसभापति आशिष शर्मा र क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष कृष्ण दाहाल अनसन बसेका थिए।

यो निर्ण्र्ाासँगै क्याम्पसमा लागेको तालासमेत खुलेको छ। यद्यपी, स्ववियू कार्यालयमा लगाइएको ताला भने नखोलिने सभापति लामिछानेले बताए। गत असार २८ देखि पाँच बुँदे माग गर्दै कार्यालयमा तालाबन्दी लगाइएको छ। स्ववियू चुनाव खर्च पारदर्शी, सभापतिको स्पष्टीकरण, शौचालय सरसफाई, तालिमको व्यवस्थालगायतका माग गर्दै दुर्इ संगठन आन्दोलित छ। स्ववियू सभापति इन्द्र पौडेल अनेरास्ववियूका हुन्।

- अादर्श समाज सम्वाददाता