महिला सशक्तिकरण नेपालको १५ औ साधारणसभा

पोखरा, १ साउन। महिला सशक्तिकरण नेपालको १५ औ वाषिर्क साधारणसभा आइतबार सम्पन्न भएको छ।

साधारणसभाले सचिव मना कुँवरले प्रस्तुत गरेको बाषिर्क र कोषाध्यक्ष मनु हिराचनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।

साधारणसभाको उद्घाटनगर्दै पोखरा लेखनाथ महानगरपालिका वडा न. ६ की वडासदस्य पुष्पा घले पहारीले महिलाको अवस्थामा सुधार ल्याउँनका लागि जुट्नुपर्नेमा जोड दिइन्।

संस्थाका सल्लाकार तथा संरक्षक निलकण्ठ शर्माले महिला भए भन्दैमा लज्जावती झार जस्तो नभइ आत्मविश्वासका साथ अघि बढ्नुपर्ने आवश्यकता औल्याए।

गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष पदमराज पहारीले मंगलादेवि सिंह, साहना प्रधान र अनुराधा कोइराला राजनीति तथा सामाजिक क्षेत्रमा पहिचान बनाएजस्तै थ्री सिस्र्र्टसले पनि पर्यटन क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएको उल्लेख गरे।

कार्यक्रममा बंलादि आमा समूहको अध्यक्ष बिनिता बराल, क्षेत्री समाजका अध्यक्ष रमा लामिछाने, बंलादि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पूर्णाखर सुबेदी, बंलादि टोल सुधार समितिका अध्यक्ष बलराम थापाले बोलेका थिए।

महिला सशक्तिकरण नेपालकी अध्यक्ष डिक्की कार्की क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले स्वागत र सचिव सचिब मना कुवरले सञ्चालन गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता