एन आई सी एशिया बैंकद्वारा वृक्षारोपण

पोखरा, १ साउन। एन आई सी एशिया बैंक लेखनाथ शाखाले पोखरा विश्वबिद्यालयको परिसरमा वृक्षारोपण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखाले करिब छ सय विरुवा वृक्षारोपण गरेको हो।

एन आई सी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखा कार्यालयहरूको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान लगायतका स्थानहरूमा वृक्षारोपण गर्दै आएको छ।

बैंकले विगत देखी नै आफ्नो विभिन्न शाखा कार्यालयहरूको माध्यमबाट विभिन्न स्थानमा वृक्षरोपण कार्यहरू सम्पन्न गरीसकेको र भविष्यमा यस्ता कार्यलाई निरन्तरता दिने अठोट लिएर अघि बढीरहेको छ। वृक्षारोपणबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पुर्‍याउने विश्वास लिएको छ।

- अादर्श समाज सम्वाददाता