युवा बौद्ध संघको समर क्याम्प

पोखरा, १ साउन। युवा बौद्ध संघको आयोजनामा भएको समर क्याम सम्पन्न भएको छ। विभिन्न स्कुलमा अध्ययनरत ३० जना विधार्थीहरू समर क्याममा सहभागी भएका थिए। नैतिक शिक्षा र व्यवहारिक शिक्षा दिने उद्धेश्यले राखिएको क्याममा उपस्थिति विद्यार्थीहरूलाई पहिलो दिन विश्व शान्ति स्तुप अनदुमा राखिएको थिए।

धर्मशीला बुद्ध बिहारका श्रद्धेय भन्ते धजवन्त ज्यूको पुजा र पञ्चशील प्रार्थना बाट शुरु भएको कार्यक्रम दुर्इ दिन सम्म चलेको थियो।

पहिलो दिन सहभागीहरूले पोखराका रमणीय स्थल,बौद्ध गुम्बाहरूको भ्रमण साथ साथै बौद्ध गुम्बाका प्रमुखहरू ब्ााट बौद्ध शिक्षा संबन्धी ज्ञान पनि लिएका थिए।

कार्यक्रमको दोस्रो दिन विश्व रत्न शाक्यले सहभागीहरूलाई ध्यान अभ्यास र आध्यात्मिक ज्ञान बारे शिक्षा दिएका थिए। सोही दिन सहभागीबीच चित्रकला प्रतियोगिता र माउन्टेन म्यूजियममा रमाईलो कार्यक्रम पनि राखिएको युवा बौद्ध संघका अध्यक्ष सकेन्द्र ताम्राकारले बताए।

सहभागी विद्यार्थी जेनिस, प्रनिसा उदासका आमा निलम उदासले यस्ता कार्यक्रमले बाल बालिका हरूको बौद्धिक विकास हुने हुनाले अन्य समयमा संस्थाले राखेको यस्तो क्याममा आफ्नो बच्चाहरूलाई सहभागी गराउने बताए।

शनिबार सम्पन्न भएको उक्त कार्यक्रममा सहभागीलाई संघका अध्यक्ष सकेन्द्र ताम्राकारले प्रमाण प्रत्र समेत वितरण गरेका थिए। कार्यक्रमको सञ्चालन संघका सहसचिव कमला थापाले गरेको थियो।

- एजेन्सी