पिस टाउनको वृक्षारोपण

पोखरा, १ साउन। लायन्स क्लब अफ पोखरा पिसटाउनले भलाम स्थित भलाम प्राविमा बृक्षारोपण गरेको छ।

कार्यक्रममा धुपि, गुलमोहर कपुर निम लगायतका जरीबुटी औषधी बिरुवाहरूको बृक्षारोपण गरिएको थियो। कार्यक्रममा विद्यालयलाई खेलकुद र शैक्षिक सामाग्री समेत हस्तान्तरण गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जून क्षेत्रीले कपुरको विरुवा रोपेर औषधीको काम गर्ने बताए ।

जोन चियरपर्सन हरीराज पन्तले पोखरा महानगरलाई सभ्य र सुन्दर शहरको रूपमा विकास गर्न हरियालीको आवश्यकता रहेको बताए। रिजन चियर पर्सन होमबिलास सापकोटा निवर्तमान अध्यक्ष उषा क्षेत्री क्लबका अध्यक्ष सीता कोइराला सचिव शोभा पौडेललगायतले बोलेका थिए। कार्यक्रममा ५० थान बिभिन्न प्रकारका विरुवाहरू रोपिएको थियो।

- एजेन्सी