चुनावी गल्तीको दोष नेतृत्वले लिनुपर्छ-सिंह

पोखरा, ३१ असार। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री प्रकाशमान सिहंले स्थानीय तहको चुनावमा भएको हारको जिम्मा पार्टीनेतृत्वले लिनुपर्ने बताएका छन्।

नेपाली काँग्रेस कास्कीले शनिबार संस्थापक नेता रामहरि जोशीको स्मृतिमा आयोजना गरेको श्रद्धान्जली सभामा कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले छलफलबिनै पार्टीसभापतिले आफूखुसी निर्णय लिएकाले हारको जिम्मा पनि उनैले लिनुपर्ने बताए।

‘मैले धेरै सार्वजनिक कार्यक्रममा सभापतिज्यूलाई भनेको छु, हाम्रै कारण काँग्रेस स्थानीय चुनावमा दोश्रो पार्टीबनेको हो’-उनले भने-‘अब यो गल्ती सुधार गरेर प्रदेश र केन्द्रको चुनावमा पहिलो पार्टीबन्ने रणनीति तयार गर्नुपर्छ।’

इतिहास बोकेको पार्टीले गल्ती गर्न नहुने भन्दै उनले काँग्रेसको नेतृत्वबिना देशको संक्रमण अन्त्य नहुने उल्लेख गरे। देउवाले वरिष्ठ नेता हुँदा पार्टीँग राखेका माग आफै नेतृत्वमा पुगेका बेला बिर्सेको भन्दै त्यसलाई पुनर्ताजगी गराउन आग्रह गरे।

‘त्यति प्रतिकूल अवस्थामा पनि संविधान जारी गर्नु चानचुने कुरा होइन। चार पटकसम्म कम्युनिष्ट नेता प्रधानमन्त्री हुँदा गर्न नसकेको काम काँग्रेसले पूरा गरेको छ’-उनी भन्छन्-‘अब त्यसलाई संस्थागत गरेर अगाडि बढाउने दायित्व पनि काँग्रेसकै हो। त्यो हामी पूरा गछौर्ं, तर नेतृत्व सचेत हुनु जरुरी छ।’

सिंहले स्वर्गीय रामहरि जोशी देशकै बौद्धिक नेता भएको बताए। संस्थापक नेताको सपना पूरा गर्नकै लागि भए पनि पार्टीएकताबद्ध हुनुपर्ने र देश समृद्ध बनाउने दिशातर्फ अग्रसर हुनुपर्ने उल्लेख गरे।

सभामा काँग्रेस नेताहरु चन्द्र भण्डारी, एनपि साउद, शंकर भण्डारी, नेवि संघका केन्द्रीय सभापति नैनसिंह महरलगायत उपस्थित थिए। कार्यक्रम सञ्चालन काँग्रेस कास्कीका सभापति कृष्ण केसीले गरेका थिए।

- अादर्श समाज सम्वाददाता