रोटरी पोखरा अन्नपूर्णमा पदस्थापना

पोखरा, ३१ असार। रोटरी क्लब अफ पोखरा अन्नपूर्णको १२ औं पदस्थापन समारोह शनिबार सम्पन्न भएको छ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष देवराज चालिसे र २०१६/०१७ का अध्यक्ष लक्की कार्की क्षेत्रीले २०१७/०१८ का अध्यक्ष बाबुराम बरालसहितका पदाधिकारीलाई पदस्थापन गराएका थिए।

कार्यसमितिमा प्रेसिडेण्ट इलेक्ट सुरेशकुमार ध्वजु, उपाध्यक्ष हरिशकुमार आचार्य, सचिव प्रकाश उदास, कोषाध्यक्ष रामचन्द्र शर्मा, सहसचिव मनु हिराचन, सार्जन्ट एट आर्म चेतराम अधिकारी, ट्रेनर कल्याण कर्माचार्य, सम्पादक भानुभक्त भण्डारी, निर्देशक डिल्लीप्रसाद शर्मा, तेजनाथ न्यौपाने, देवेन्द्र बास्तोला र विजयराज आचार्य छन्।

त्यस अवसरमा सामुदायिक सेवा सम्मानबाट शीतलादेवी सामुदायिक माध्यामिक विद्यालयलाई सम्मान गरिएको छ।

प्रमुख अतिथि उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुँडालले विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीलाई सम्मानपत्र प्रदान गरे।

त्यस्तै, विभिन्न शैक्षिक तह उत्तीर्ण क्लब सदस्यका छोराछोरीमध्ये आयुष पालिखे, नीशा शर्मा, तारा तालिस शर्मा, अनिसमान भुजेल, विजय सिग्देल, विन्दु बराल र पुष्पाञ्जली बस्ताकोटीलाई पनि सम्मान गरिएको थियो।

विगतमा झै यस वर्ष पनि एसओएस बालग्राम गण्डकीकी छात्रा सपना पौडेललाई छात्रवृत्ति प्रदान गर्नुको साथै सामाजिक सेवाअन्तर्गत सराङकोट खानेपानी योजनाको सहयोगी संस्था क्वालिटी अफ लाइफ नेपालका अध्यक्ष रामचन्द्र शर्मालाई प्रशंसापत्र प्रदान गरिएको थियो।

क्लबकी अध्यक्ष लक्की कार्की क्षेत्रीले प्रदीपभक्त आचार्य र मनु हिराचनलाई अवार्ड प्रदान गरेकी थिइन्।

कार्यक्रममा मुख्य न्यायाधीश चँुडालले रोटरीले परोपकारी कार्य गरेको भन्दै प्रशंसा गरे।

‘तपाईहरुले दिएको सेवा सौर्न्दर्य हो’-उनले भने-‘सेवाको दायरा बढाउँदै लैजानु होला।’ उनले कुनै उपयोगी काममा खर्च गर्नका लागि क्लबलाई १० हजार आर्थिक सहयोग गर्ने घोषणा गरे।

रोटरी डिष्ट्रिक्ट ३२९२ असिष्टेण्ट गभर्नर रव्रि्रसाद बराललेे रोटरियनले सेवा गरेर सन्तुष्टि लिने गरेको उल्लेख गरे।

क्लबका संस्थापक अध्यक्ष देवराज चालिसेले ज्ञान, रोग, आविष्कार र सेवाको कुनै सिमा नहुने भन्दै सेवाका कारण रोटरियन संगठित भएको बताए।

शीतलादेवी सामुदायिक माविका प्रधानाध्यापक बाबुराम अधिकारीले कुनै पनि कुरा प्राप्तिका लागि अनुशासन जरुरी भएको बताए।

समाजसेवी रमेश कर्माचार्यले हामी पोख्रेली भन्ने भावानाका साथ पोखराका लागि कुनै महत्वपूर्ण काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रकाश उदास, इश्वरप्रसाद कर्माचार्य, रोशबहादुर गुरुङ, मनु हिराचनलगायतले बोलेका थिए। रोटरी क्लब अफ पोखरा अन्नपूर्णकी अध्यक्ष लक्की क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक सुरेशकुमार ध्वजुले स्वागत, २०१७/०१८ का उपाध्यक्ष हरिशकुमार आचार्यले धन्यवाद ज्ञापन र सचिव प्रदीपभक्त आचार्यले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता