स्पोर्टस् अवार्डलाई सहारा यूकेको सहयोग

पोखरा, ३१ असार। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले साउन २१ मा आयोजना गर्ने दोस्रो पोखरा स्पोर्टस् अवार्डका लागि सहारा क्लब, यूकेबाट सहयोग प्राप्त भएको छ।

आहा रारा गोल्ड कपको आयव्यय सार्वजनिक गर्न पोखरामा शनिबार आयोजित कार्यक्रममा सहारा युकेका तर्फबाट सल्लाहकार भूपालजंग कुँवरले मञ्च कास्कीका अध्यक्ष केशव पाठक तथा सचिव रञ्जन अधिकारीलाई ५० हजार रुपैयाँ संयुक्त हस्तान्तरण गरे।

यसअघि नै एनआरएन यूकेका अध्यक्ष मुक्षेत्र गुरुङले पोखरा स्पोर्टस् अवार्डका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिसकेका छन्। पोखराकै प्रतिष्ठित कार्यक्रमका लागि आर्थिक सहयोग आउनेक्रम शुरु भएको कोषाध्यक्ष विजय नेपालले जानकारी दिए।

अवार्डको लागि मञ्च कास्कीका अध्यक्ष केशव पाठक संयोजक र उपाध्यक्ष दीननाथ बराल उपसंयोजक रहेको एक सय एक सदस्यीय मूलआयोजक समिति गठन गरिएको छ।

नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजकत्वमा सल्लाहकार समिति, समितिमा मञ्चका सदस्य ५५ खेलमा पत्रकार, पत्रकार महासंघ, कास्की कार्यसमिति पदाधिकारी, सदस्य, जिल्लास्थित अस्ितत्वमा रहेका सबै खेलसँग सम्बन्धित संघसंस्था, सहारा क्लबलगायत आयोजक समिति सदस्य छन्।गत वर्ष जेठ १ मा पहिलो स्पोर्टस् अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापालाई अर्पण गरिएको थियो।

उत्कृष्ट पुरुष खेलाडी हेमन गुरुङ, महिला खेलाडी मञ्जु गुरुङ, उत्कृष्ट प्रशिक्षकमा कराँतेका सुरेन्द्र गुरुङ, उदीयमान खेलाडी अवार्ड एथ्लेटिक्सकी शशी चौधरीले हात पारेका थिए।

- अादर्श समाज सम्वाददाता