बाटुलेचौर तीज मेला भदौ ५ देखि

असार। पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक बाटुलेचौर तीज मेला २०७४ को तयारी शुरु भएको छ।

भदौ ५ देखि ८ गतेसम्म चल्ने मेलाका लागि प्रारम्भिक तयारी शुरु भएको मेल मूल व्यवस्थापन समितिका संयोजक बेनीबहादुर बस्नेतले जानकारी दिए।

मेलामा परम्परागत हम्काइलो भाका प्रस्तुतिसहित समूहगत तीज गीत तथा नृत्य प्रस्तुति, क्रियाशील महिला पत्रकार सम्मान, अन्तरविद्यालयस्तरीय छात्र/छात्रा हृयाण्डबल, अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, पूर्व खेलाडी सम्मान, श्रष्टा सम्मान, छेलो, रस्साकसी, म्यूजिकल चियर प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम समावेश गरिने क्लबका सचिव मोहन थापाले जानकारी दिए।

मेलामा सहभागी गराइने अन्तरविद्यालय छात्र/छात्रा हृयाण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले खेलकुदमा फेयर प्ले महत्वपूर्ण हुने हुँदा खेलकुद कार्यक्रमलाई प्रभावकारी बनाउन आयोजक र टीमबीच समन्वय आवश्यक रहेको बताए।

कास्की जिल्ला हृयाण्डबल संघका अध्यक्ष जगनबहादुर गुरुङले हृयाण्डबलका लागि जस्तोसुकै सहयोग गर्न संघ प्रतिबद्ध रहेको बताए।

हृयाण्डबल खेल व्यवस्थापन उपसमितिका संयोजक नारायणप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मूल संयोजक बेनीबहादुर बस्नेत, क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठ -जीवन), सचिव मोहन थापालगायतले बाटुलेचौरको तीज मेला ऐतिहासिक भएकोले भव्य बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए।

प्रतियोगिता सञ्चालन गर्न नारायणप्रसाद देवकोटाको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। उपसंयोजकमा योगेन्द्रबहादुर बस्नेत, विशाल बस्नेत र सदस्यमा दिनेश श्रेष्ठ, विमल अधिकारी, सुरज देवकोटा, रमेश बस्नेत, विकास श्रेष्ठ, विशाल खड्का, विशाल नेपाली, आशिष श्रेष्ठ, आदर्श श्रेष्ठ, राजु गुरुङ र दिनेश बस्नेत चयन भएका छन्।

त्यस्तै, जुमकाजी गुरुङ, चित्रबहादुर थापा, राजेन्द्रकुमार अधिकारी, मदन बस्नेत, बलराम तिमिल्सिनालाई उपसमितिको सल्लाहकार चयन गरिएको छ।

विजेता टीमले नगद १५ हजार, कप, पदक र प्रमाणपत्र तथा उपविजेता टीमले नगद १० हजार, कप पदक प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ।

मेला सम्पन्न गर्न करिब १५ लाख लाग्ने बताइएको छ। सेमीफाइनल पुग्ने टीमलाई नगद दुर्इ हजार पाँच सय प्रदान गरिने आयोजकले जनाएको छ।

- एजेन्सी