महिला क्लब पोखराको अध्यक्षमा मीना

पोखरा, ३१ असार। महिला क्लब पोखरा ७ को शनिबार भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले मीना बराल आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा कमला बास्तोला खनाल, सचिवमा सुनिता बराल, कोषाध्यक्षमा सृजना बराल, सहसचिवमा लिला बराल छन्। सदस्यमा इन्दिरा बराल, राममाया जिसी, लक्ष्मी घिमिरे, राधिका बराल, निर्मला बराल र राधा बराल छन्।

साधारणसभाले सचिव कमला खनालले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष सृजना बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।  ०६८ सालमा भवानी अधिकारीको नेतृत्वमा गठित सचेत दिदीबहिनी समूहलाई ०७० सालमा महिला क्लब पोखरामा रुपान्तरण गरिएको थियो।

यसअघि साधारणसभा उद्घाटन गर्दै संगीतकर्मी नवराज बरालले हरेक क्षेत्रमा महिला सहभागिता जरुरी भएको उल्लेख गरे।

कार्यक्रममा श्रीकृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारी, नेपाली काँग्रेस वडा इकाइ समिति पोखरा ७ का सभापति नवीन बराल, एमाले वडा कमिटी अध्यक्ष पुरुषोत्तम रेग्मी, एकीकृत माओवादी केन्द्रका वडा संयोजक सूर्यबहादुर कार्की, महिला समन्वय समितिकी अध्यक्ष मनमाया बराल, टोल समन्वय समितिकी उपाध्यक्ष भीमा पौडेल, मासबार आमा समूहकी अध्यक्ष टीकादेवी अधिकारी, महिला विकासका लागि आमा समूहकी सचिव अञ्जु पण्डित, घारीपाटन आमा समूहकी अध्यक्ष पवित्रा जिसी, जागृति आमा समूहकी सचिव नारायणी बराल, ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष डिल्लीराम बराल, समाज सेवा युवा क्लबका अध्यक्ष अंकीत बराल, वडा बाल मञ्चका अध्यक्ष सफल पराजुलीले बोलेका थिए।

महिला क्लब पोखराकी संस्थापक अध्यक्ष विष्णु पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बराल आचार्यले स्वागत र सचिव कमला खनालले सञ्चालन गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता