राप्रपामा विवाद चुलियो

असन्तुष्टद्वारा संसदीय दल बैठक बहिष्कार

काठमाडौ ३० असार। राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र केन्द्रीय सदस्य मनोनयनको विषयले चरम विवाद्को रुप लिएको छ। पार्टीअध्यक्ष कमल थापाले केन्द्रीय समितिमा ४२ जना केन्द्रीय सदस्य मनोनीत गरेपछि वरिष्ठ नेता पशुपतिशम्शेर राणाले अध्यक्षको निर्णय एकलौटी भएको भन्दै आपत्ति जनाएका छन्।

उनले पार्टीका धेरै नेतालाई सुइँकोसम्म नदिएर अप्रत्यासितरुपमा केन्द्रीय समिति विस्तार गरिएको आरोप लगाए।

आदिवासी जनजाति, महिला, दलित र पिछडिएको क्षेत्र समुदाय, दुर्गम क्षेत्रलगायतको समानुपातिक र समावेशी प्रतिनिधित्वको समेत ख्याल नगरिएको भन्दै उनले असुन्तुष्टी व्यक्त गरे।

अध्यक्षको एकात्मक र मनोगत निर्णयले पार्टीका व्रि्रहको स्थिति ल्याउन सक्ने राणाको भनाइ छ। केन्द्रीय समिति बैठक साउन ४ गते बोलाइएको अवस्थामा त्यसअघि नै आफूहरुलाई थाहै नदिइ केन्द्रीय समिति विस्तार गरिएको घटनाले राप्रपालाई अध्यक्षको एकल बिर्तामा रुपान्तरण गरिएको सन्देश गएको उनको भनाइ छ।

अध्यक्ष कमल थापाले पार्टीभित्रको विवाद मत्थर पाने गरी चालेको भनिएको कदमले थप संकट ल्याउने देखिएको छ। थापाले बिहीबार ४२ केन्द्रीय सदस्य मनोनयन गरेको खुलासा भएसँगै पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले कडा प्रतिवाद गरेका हुन्।

राणाले शुक्रबार एक विज्ञप्ति जारी गदै केन्द्रीय तहका कुनै पनि नेताहरुसँग छलफल नै नगरी ४२ सदस्यको मनोनयन गरेको भन्दै आपत्ति जनाएका हुन्। राप्रपाभित्र केही सातायता पार्टीफुटाउने गरी असन्तुष्ट समूहले तीव्र भेला र छलफल गरीरहेको सर्न्दर्भमा राणाको असन्तुष्टिलाई गम्भीरताका साथ लिइएको छ।

पार्टीभित्रको विवाद रहेको बताइए पनि कुनै नेता औपचारिक रुपमा नबोलिरहेको बेला राणाको अभिव्यक्तिसँगै राप्रपाभित्रको विवाद छताछुल्ल बनेकोमात्रै छैन पार्टीगम्भीर मोडमा पुगेको विश्लेषण हुन थालिएको छ।

गत मंसिरमा राप्रपा नेपाल र राप्रपाबीच एकता भएसँगै एकीकृत राप्रपाको अध्यक्ष बनेका थिए, थापा।

उनले सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै आए पनि आफूहरुलाई पेलेर जान खोजेको असन्तुष्ट नेताहरुको भनाइ छ।

पार्टीका कमल थापाको एकाधिकार चलेको भन्दै डा प्रकाशचन्द्र लोहनी अलग्गिएर नयाँ पार्टीखोलेका छन्।

साविकको राप्रपाका नेताले चुनाव चिहृन हलो हुनुपने तथा पार्टीका सबैको विचार सुनिनुपने माग गरेका छन्। तर कमल थापाले न त अरुको कुरा सुने न त हलो चुनाव चिहृन नै कायम भयो। त्यहीबाट शुरु राप्रपाभित्रको असन्तुष्टि अहिले विभाजनसम्मको अवस्थामा आइपुगेको हो। राप्रपाका असन्तुष्ट १५ सांसद पार्टीफुटाउने तयारी साथ निरन्तर छलफल गदै आएका छन्। दुर्इ दिनअघि ललितपुरको एक घरमा बसेको असन्तुष्ट समूहको बैठकले कमल थापासँग बसिरहन नसकिने निष्कर्ष निकालेको स्रोतको दाबी छ।

सो भेलामा पूर्वराजा ज्ञानेन्द्रको प्रतिनिधिका साथै एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीलगायतको समेत सहभागिता रहेको थियो।

पार्टीका असन्तुष्ट सांसदले पार्टीसंसदीय दलको बैठकसमेत बहिष्कार गरेका छन्। पार्टीका विवाद चर्किँदै जाँदा अध्यक्ष कमल थापाले शुक्रबार अपरान्ह ३ बजे संसदीय दलको बैठक बोलाएका थिए। तर, संसदीय दलका नेता तथा पार्टीअध्यक्ष कमल थापाले बोलाएको संसदीय दलको बैठक असन्तुष्ट १० सांसदले बहिष्कार गरेका हुन्। संविधान संशोधनका विषयमा निर्णय गर्न भन्दै बोलाइएको बैठक संशोधनको विपक्षमा रहेका सांसदले बहिष्कार गरे। राप्रपाका असन्तुष्ट सांसदले संशोधनको विरोध गदै पार्टीफुटाउनेसम्मको तयारी गरेका छन्।

- अादर्श समाज सम्वाददाता