भानु सम्झदै स्याङ्जामा कृति विमोचन

स्याङ्जा, ३० असार। भानुजयन्ती अवसरमा स्याङ्जामा दुर्इ कृति विमोचन एवं कवि गोष्ठी गरिएको छ।

वरिष्ठ साहित्यकार डा महेश्वर शर्माले देवेन्द्र लम्साल र देवी बनवासीद्धारा लिखित कृति विमोचन गरेका हुन्।

स्याङ्जा सदरमुकाममा आयोजित २०४ औं भानु जयन्तीका दिन पारेर साहित्यकार देवेन्द्र लम्सालद्वारा सम्पादित ज्याग्दी खोला साहित्य प्रतिष्ठान स्याङ्जाद्धारा प्रकाशित त्रैमासिक पत्रिका र साहित्यकार देवीप्रसाद बनवासीद्वारा लिखित बाहिरवाट भन्ने साहित्यिक कितावको विमोचन गरिएको हो।

दुवै कृति विमोचन गदै वरिष्ठ साहित्यकार डा महेश्वर शर्माले स्याङ्जा साहित्यकर्मीका लागि उर्वरभूमि रहेको बताउँदै साहित्यका माध्यमबाट जिल्लाको विकास एवं पहिचानमा स्रष्टाको योगदान अमूल्य हुने बताए।

कवी गोष्ठीमा स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी, उपाध्यक्ष चिन्तु गिरी, साहित्यकार एवं रचनाकार त्रिलोचन ढकाल, गंगाा कर्माचार्य पौडेल, गायत्री लम्साल, त्रिभुवन पौडेल, लेखनाथ पौडेल, नारायण मरासीनी, लक्ष्मीकान्त रेग्मी, रविन केसी, वाल सहित्यप्रेमी परिवेश मरासिनीलगायतले आदिकवि भानुभक्तको जीवनी र साहित्यका योगदानका बारेमा गीत, कवितामार्फत स्मरण गरेका थिए। कार्यक्रममा तीन दर्जन साहित्यप्रेमीले कविता वाचन गरेका थिए।

- अादर्श समाज सम्वाददाता