पोखरामा पहिलो पटक नेट बल प्रशिक्षण एजेन्सी

पोखरा, ३० असार। नेपाल नेट बल संघले पश्चिमाञ्चल क्षेत्रलाई केन्द्रित गदै पोखरामा पहिलो पटक नेट बल प्रशिक्षण थालेको छ ।

विशेषगरी महिलाकेन्द्रित गरी शुरु गरिएको नेट बल खेल प्रशिक्षणमा ४० जनाको सहभागिता रहेको छ।

प्रशिक्षण उद्घाटनमा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनील गुरुङले नेट बलको खेलले यस क्षेत्रका महिलाको सशक्तिकरणमा राम्रो भूमिका खेल्न सक्ने बताए।

नेपाल नेट बल संघका अध्यक्ष वीरबहादुर तामा·को अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव दीपक लामाले प्रशिक्षण चार दिनसम्म चल्ने बताए ।सन १८०० मा अमेरिकाबाट शुरु नेट बल अधिकांश देशमा खेल्ने गरिन्छ।

एक सय फिट लम्वाई र ५० फिट चैर्डाई रहेको खेल मैदान खेल्न सकिने यो खेल इनडोर गेम हो भने यसमा सात/सात जना खेलाडी खेल्न सक्ने छन।

- अादर्श समाज सम्वाददाता