सांग्रिला र कसमसको एकीकृत कारोबार

पोखरा, ३० असार। काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको साँग्रिला डेभलमेन्ट बैंक लिमिटेडले गोरखामा प्रधानकार्यालय रहेको कसमस डेभलपमेन्ट बैंक लिमिटेड (एक जिल्ला कार्यक्षेत्र भएको) लाई प्राप्ति गरेको छ। बैकले शुक्रबार एकीकृतरुपमा कारोबार सञ्चालन गरी औपचारिक प्राप्ति गरेको हो।

कार्यक्रमको उद्घाटन सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ तथा कसमस डेभलपमेन्ट बैंकका अध्यक्ष प्राडा टेकनाथ ढकालले संयुक्त रुपमा गरेका थिए।

कसमस डेभलपमेन्ट बैंकलाई प्राप्तिपश्चात बैंकको चुक्ता पुँजी एक अर्ब ३५ करोड ८४ लाख पुगेको छ।  चुक्ता पुँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ का दरले हकप्रद सेयर निष्कासन गने बैंकको १२ औं वाषिर्क साधारणसभाको निर्णयबमोजिम हकप्रद सेयर निष्कासनपश्चात चुक्ता पुँजी दुर्इ अर्ब ४४ करोड ५२ लाख हुने बैकका कामु प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।

चालु आब २०७३/७४ को बाँड्न मिल्ने कोष तथा मुनाफाबाट करिब ३० करोड बराबरको बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम राष्ट्रियस्तरको विकास बैंकलाई चाहिने दुर्इ अर्ब ५० करोड पुग्ने बताइएको छ।

प्राप्तिपछि आब २०७३/७४ को तेस्रो त्रैमासिक विवरणअनुसार बैकको निक्षेप १२ अर्ब ४० करोड तथा कर्जा ११ अर्ब ४१ करोड रहेको छ।

बैंकका शाखा संख्या ३५ वटा, एक वटा एक्सटेन्सन काउन्टर तथा छ वटा लघुबित्त शाखा रहेको बैंकका कामु प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।

- अादर्श समाज सम्वाददाता