वेसीसहर नगरपालिकाको बजेट साढे ३८ करोड

लमजुङ, ३० असार। वेसीसहर नगरपरिषदबाट आगामी आर्थिक वर्ष २०७४/७५ का लागि साढे ३८ करोड बराबरको बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ।

नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नगरपरिषदमा नीति तथा कार्यक्रम प्रस्तुत गदै सो जानकारी दिएका हुन्।

उनले नेपाल सरकार गाउँपालिका वित्तीय समनिकरण अनुदानतर्फ २१ करोड पाँच लाख १५ हजार, सशर्त पुँजीगत अनुदानमा १५ करोड ८१ लाख १७ हजार, संघीय संरचना पूर्वाधार विकास कार्यक्रम पुँजीगतमा ४८ लाख, आन्तरिक आयतर्फ ८० लाख रुपैयाँ रहेको बताए।

नगर सभाबाट नगरपालिकाका १४ वटै वडालाई ६०/६० लाख बराबरको योजना तथा कार्यक्रम पारित गरिएको छ।

उक्त बजेट विनियोजन कार्यमा जनघनत्व तथा बढी सहरीकरण र गाउँ वस्तीअनुसार फरक नगरिएकोप्रति भने केही गुनासा पनि रहेको बताइएको छ। तर यो पहिलो वर्ष भएको हुँदा कार्यान्वयनलाई हेने असन्तुष्ट नगरपरिषदका सदस्यले बताए।

सो अवसरमा नगरपालिकाको आम्दानीबारे जानकारी दिँदै प्रमुख अर्यालले राजश्व बाँडफाँड रजिष्टेसन शुल्कबाट ३० लाख, प्राकृतिक स्रोतबाट एक लाख, विद्युत् रोयल्टीमार्फत एक लाख रुपैयाँ समेत कुल ३८ करोड ५५ लाख ३२ हजार रुपैयाँको आम्दानी हुने विवरण प्रस्तुत गरे।

नगरपरिषदले पारित गरिएको उक्त नीति तथा कार्यक्रम र बजेटअनुसार व्यायतर्फ चालु खर्चमा छ करोड छ लाख २८ हजार रहेको छ।

पुँजीगत खर्चतर्फ वित्तीय समनिकरण अनुदानतर्फ १५ करोड ७८ लाख ८७ हजार, सशर्त अनुदानतर्फ १५ करोड ८१ लाख १७ हजार, संघीय पूर्वाधार विकास कार्यक्रमतर्फ ४८ लाख, आन्तरिक पुँजीगततर्फ ४१ लाख गरी ३२ करोड ४९ लाख चार हजार रुपैयाँ रहेको छ। चालु र पुँजीगत गरी जम्मा ३८ करोड ५५ लाख ३२ हजार रुपैयाँ खर्च हुने अनुमानित गरिएका अर्यालले जानकारी दिए।

नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बजेट प्रस्तुत गदै नगरपालिकाको विकासका लागि भौतिक पूर्वाधार, यातायात, सूचना तथा सञ्चार, भवन तथा आवास, सहरी विकास, विपद् व्यवस्थापन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य, शिक्षा, वातावारण, पर्यटन लगायतका क्षेत्रको छुट्टै नीति तथा कार्यक्रम तयार गरिएको बताए। उनले वेसीसहर नगरपालिकालाई व्यवस्थित र समुन्नत बनाउन सबैको सहयोग र सहकार्यको खाँचो रहेको बताए।

नगरपरिषद उद्घाटन गदै पूर्वपर्यटनमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले नगरपालिका स्थानीयस्तरको कार्यकारी सरकारसमेत भएकाले सोहीअनुरुप आफ्ना ठाउँको विकासका आधारशीला तयार गर्नका लागि सबै लागि एकजुट हुनुपनेमा बताए। उनले नगरपालिकालाई नमूना बनाउन नीति तथा कार्यक्रम र त्यसका आधारमा बजेटको खाका बनाउन सुझाव दिए।

कार्यक्रममा सांसद् जमीन्द्रमान घले, टुकाभद्रा हमाल, जिल्ला न्यायाधीश अर्जुन अधिकारी, नेपाली काँग्रेसका सभापति भेषबहादुर पौडेल, नेकपा एमालेका अध्यक्ष धनन्ञ्जय दवाडी, माओवादी केन्द्रका प्रतिनिधि भूपालबहादुर दनाई, प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देललगायतले नगरपालिकाको सफलताका लागि शुभकामना दिएका थिए। उपप्रमुख लक्ष्मी अधिकारीले स्वागत र सञ्चालन नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र पौडेलले गरेका थिए।

- अादर्श समाज सम्वाददाता