उपयोगी कर्मकाण्डमाला बजारमा

पोखरा, २९ असार। पोखरा १३ निवासी युवापण्डित रामप्रसाद सिग्देलले उपयोगी कर्मकाण्डमाला (पञ्चप्रकरणयुक्त) पुस्तक प्रकाशित गरेका छन्।

कर्मकाण्डसम्बन्धी सबै विषय समेटेर उनले सो पुस्तक प्रकाशित गरेका हुन्। पुस्तकमा कास्की जिल्लामा रहेका गुरुकुलको नाम र पुरोहितको नामावलीसहित सर्म्पर्क नम्बर पनि उल्लेख गरिएको छ। दुर्इ सय ७५ पृष्ठको पुस्तकको मूल्य तीन सय ५१ रुपैयाँ छ।

पुस्तकमा पाँच प्रकरण नित्यकर्म प्रकरण, पूजा अर्चना प्रकरण, कर्मकाण्ड प्रकरण, स्तूति प्रकरण र गुरुकुल तथा पुरोहित नामावली प्रकरण समावेश छन्।

मानव जिवनमा वैद्विक विधिअनुसार गरिने सम्पूर्ण कर्मकाण्ड एउटै पुस्तकमा समावेश गरिएको छ युवा पण्डित सिग्देलले भने-‘यो पहिलो प्रयास हो, सुझावका आधारमा दोस्रो स्कंरणमा परिमार्जित गरिनेछ।’ पुस्तकको सम्पादकमा बालकृष्ण पराजुली छन्।

नेपाल संस्कृत छात्र समिति पोखरा ९ ले पोखरामा बिहीबार आयोजना गरेको कार्यक्रममा मनोवैज्ञानिक डा सुशील कँडेल, डा लेखनाथ आचार्य, संस्कृत विद्यापिठका प्राचार्य श्रीराम बराल र समाजसेवी ज्ञानेन्द्र सिग्देलले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए। पुस्तकको समीक्षा गर्दै संस्कृत विद्यापीठका प्राचार्य डा जगन्नाथ रेग्मीले एउटै पुस्तकमा धेरै विषय समेटिएकाले पुस्तक उपयोगी भएको उल्लेख गरे।

उनले पुस्तकले धर्म, संस्कृति, संस्कार र कर्मकाण्डमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

- अादर्श समाज सम्वाददाता