डेभिजफल सहकारीको वाषिर्कोत्सवमा रक्तदान

पोखरा, २९ असार। डेभिजफल बचत तथा ऋण सहकारी संस्था, छोरेपाटनको सातौ वाषिर्कोत्सव अवसरमा रक्तदान कार्यक्रम भएको छ। कार्यक्रममा ५५ युनिट रगत संकलन भयो।

प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले पहिलो रक्तदाता नारायणप्रसाद भट्टराईलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे। रेडक्रस पोखरा १७ छोरेपाटन शाखाका सभापतिसमेत रहेका प्रमुख अतिथि अधिकारीले रक्तदानको कार्यक्रमको महत्वबारे प्रकाश पार्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे। उनले वडामा महिलामैत्री, बालबालिकामैत्री, युवा तथा वृद्धमैत्री कार्यक्रम ल्याउने बताए। कार्यक्रममा संस्थाका सल्लाहकार लेखनाथ बराल, कार्यक्रम संयोजक प्रकाश सुवेदी, सेयर सदस्य युवक लामिछानेलगायतले बोलेको संस्थाका ऋण संयोजक पुष्प बरालले बताए। संस्थाका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष भीष्म कार्की र सञ्चालन संस्थाका प्रबन्धक यज्ञप्रसाद भण्डारीले गरेका थिए। संस्थामा साधारण तथा संस्थागत गरी आठ सय ५१ जना सदस्य रहेको प्रबन्धक भण्डारीले जानकारी दिए।

यसैबीच, संस्थाले वाषिर्कोत्सव अवसरमा बुधबार पोखरा वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको थियो।

- अादर्श समाज सम्वाददाता