पोखरामा मोबाइलबाटै कारोबार

पोखरा, २९ असार। आइर्एमई पे को आधिकारिक डिष्ट्रिब्युटर पोखरास्थित उदिम मिडिया प्रालि र टुडे पोखरा प्रालिले विहीबार आइर्एमई पेबारे छलफल चलाएका छन्। छलफल कार्यक्रममा पोखरामा विभिन्न क्षेत्रमा काम गर्ने १६ वटा कम्पनीका प्रतिनिधीको सहभागीता थियो।

छलफलमा आइर्एमई लिमिटेडका गण्डकी धौलागिरी प्रमुख किशोर शर्माले आइर्एमई पे को एजेन्ट बन्न चाहाने विभिन्न कम्पनीका प्रतिनिधिलाई आईर्एमई डिजिटल सोलुसन ल्याउन लागेको आइएमइ पेबारे जानकारी दिए।

‘आइर्एमई पे अहिले परिक्षणका रुपमा शुरु भएको छ। साउनको दोस्रो सातासम्म आइएमइ पे पूर्णरुपमा सञ्चालन आउनेछ’-आइर्एमई लिमिटेडका गण्डकी धौलागिरी प्रमुख किशोर शर्माले भने-‘यसका लागि देशभर अहिले डिष्टिब्यूटर, एजेन्ट र सब एजेन्ट बनाउने काम भइरहेको छ।’

विदेशमा निकै प्रचलनमा रहेको मोबाइल मनि नेपालमा भने भर्खरै शुरु भएकाले शुरुशुरुमा यसबारे बुझ्न कठिनाई भए पनि केही समयमै सबै उपभोक्ताले मोबाइल मै पैसा बोकेर हिड्ने प्रमुख शर्माले बताए। उनले आइर्एमई पेबाट आफूलाई चाहिएको बेलामा बैंक बाट मोबाइल मनीको सेवा प्रदायकमा रहेको खाता-वालेट)मा पैसा राख्न र त्यसबाट पुन बैंकमा पठाउन सकिने सुविधा समेत रहेको जानकारी गराए। आइर्एमई पे को डिष्ट्रिब्युटर उदिम मिडिया प्रालि र टुडे पोखरा प्रालिका कार्यकारी निदेशक मनोज र्घर्तीमगरले राष्ट्रबैंकले क्यासलेसको अबधारणा ल्याइरहेका बेला  आइर्एमई डिजिटल सोलुसनले मोबाइल मनी प्रविधिको शुरुवात गर्नु सुखद खबर रहेको बताए।

‘राष्ट्र बैंकले ल्याएको क्यासलेस अवधारणालाई सघाउ पुर्‍याउन र हरेक ठाउँको बिल तिर्दा लामो लाइन बस्नुपर्ने झन्झटलाई कम गर्न विकल्पको रुपमा काम गर्न आइर्एमई पेको डिष्ट्रिब्यूटर बनेर हाम्रो कम्पनीले काम शुरु गरेको छ’-कार्यकारी निदेशक र्घर्तीमगरले भने-‘बिजुली, पानी, टेलिफोनको बिल तिर्न अब लाइन बस्नु पर्दैन। लाइन नबस्ने बिल्कल्पका रुपमा हामीले यो सेवा शुरु गरेका हौं। तपाई मोबाइमा किलिक्क गर्नुस् अरु सब हामी गछौर्ं।’

टुडे पोखरा प्रालिका निदेशक सुस्मा रानाले ‘आईर्एमई पे’ मार्फत रेमिट्यान्स (रकम पठाउन र पाउन), स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी विजुलीको बील तथा खानेपानीको बील तिर्न साथै फिल्मको टिकट खरिद गर्ने जस्ता काम सजिलै मोबाइलबाटै गर्न सकिने जानकारी गराइन्।

उदिम मिडियाका निदेशक तथा सहयोगी नेपाली मनहरु प्रालिका कार्यकारी निदेशक समेत रहेका छविलाल र्घर्तीमगरले विदेश तथा स्वेदशबाट पठाएको पैसा झिक्न र पैसा पठाउन ‘आईर्एमई पे’ मार्फत सकिने बताए।

- एजेन्सी