मस्र्याङ्दी गाउँपालिकाको बजेट साढे ३८ करोड

लमजुङ, २७ असार। मस्र्याङ्दी गाउँपालिकाको पहिलो गाउँ सभाले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि साढे ३८ करोडको बजेट, नीति र कार्यक्रम पारित गरेको छ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सभामा प्रस्तुत गरेको उक्त बजेट र कार्यक्रम छलफलपछि पारित भएको हो।

बजेटमा गाउँपालिका वित्तीय समनिकरण अनुदानतर्फ १७ करोड ५७ लाख ३८ हजार, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान १८ लाख १२ हजार, सशर्त अनुदानमा ११ करोड ८४ लाख ४ हजार, आन्तरिक आय कर, सेवा शुल्क र दस्तुर समेतबाट १५ लाख रुपैयाँ रहेको उक्त गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए।

उनले सामाजिक सुरक्षा भत्ताका लागि ७ करोड ९० लाख ३२ हजार रुपैयाँ, जिष्टे्रशन शुल्क बां’डफाँंडबाट १० लाख, राजस्व बाँडफाँडबाट प्राप्त २० लाख गरी कुल आय ३८ करोड ४२ लाख ८६ हजार अनुमान गरिएको बताए ।

गाउँपालिकाको सबैभन्दा ठूलो खर्चको आकार सामाजिक सुरक्षा भत्तामा खर्च हुने भएको छ। त्यसका लागि सात करोड ९० लाख ३२ हजार रुपैयाँ विनियोजन गर्ने निर्णय गाउँ सभाले गरेको छ। गाउँ सभाबाट चालु खर्चखर्फ गाउँपालिका वित्तीय समनिकरण अनुदानतर्फ चार करोड ७६ लाख, आन्तरिक आयबाट २० लाख, सशर्त अनुदानतर्फ १० करोड चार लाख ७० हजार रुपैयाँसमेत कुल व्यय २२ करोड ९१ लाख २ हजार अनुमान गरिएको छ। गाउँसभाले पुँजीगत खर्च अर्थात नेपाल सरकार गाउँपालिका वित्तीय समनिकरण अनुदानतर्फ १३ करोड ४७ लाख ५० हजार, आन्तरिक आयबाट २५ लाख र शसर्त अनुदान तर्फ एक करोड ७९ लाख ३४ हजार गरी कुल १५ करोड ५१ लाख ८४ हजार अनुमान गरेको छ। यसैगरी, उक्त गाउँ सभाबाट वडा नं. १ मा ५५ लाख, वडा नं. २ मा ६९ लाख, वडा नं. ३ मा १ करोड २५ लाख, वडा नं. ४ को ८७ लाख, वडा नं. ५ को ८० लाख, वडा नं. ६ को ८३ लाख, वडा नं. ७ को ७३ लाख, वडा नं. ८ को ७२ लाख र वडा नं. ९ को ९६ लाख को योजना तथा कार्यक्रम पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जनप्रतिनिधिको साझा सहभागिता र गहन छलफलबाट योजना तय गरिएको भन्दै गुरुङले गाउँपालिकालाई नमूना बनाउन आफू प्रतिवद्ध रहेको बताए।

सांसद् जमिन्द्रमान घलेले खुद्रे र मसिना योजनाले गाउँपालिका नमूना बन्न नसक्ने भन्दै गाउँपालिकालाई नमूना बनाउन नमूनायोग्य काम गर्नुपर्नेमा जोड दिए।

काँग्रेसका जिल्ला सदस्य नरबहादुर गुरुङले गाउँपालिकामा रहेको पर्यटन, कृषि र विकासलाई ध्यान दिएर काम गर्न आग्रह गरे। एमालेका अध्यक्ष धनन्ञ्जय दवाडीले जनतासँग पत्यक्ष सम्बन्ध जोडिएको नजिकको सरकार नै गाउँपालिका भएकाले जनताको आवश्यकता र विकासलाई ध्यान दिन अनुरोध गरे।

नेकपा -माओवादी केन्द्र) का केन्द्रीय आयोजक समिति सदस्य दयासागर घिमिरेले लामो संर्घष्ापछि स्थानीय सरकार प्राप्त भएकाले अब यसलाई आर्थिक क्रान्तिको रुपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको सभामा वडा नं. ८ को अध्यक्ष हिरादेवी घलेले स्वागत तथा उपाध्यक्ष होमबहादुर विश्वकर्माले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

गाउँसभाले नीति तथा कार्यक्रमको साथै विभिन्न ३० निर्णय पारित गरेको उपाध्यक्ष होमबहादुर विश्वकर्माले बताए।

- अादर्श समाज सम्वाददाता