सागको पाँच खेल पोखरामा

पोखरा, २८ असार । १३ औं दक्षिण एशियाली खेलकुदमा पोखरामा पाँच खेल प्रस्ताव गरिएको छ ।

साग खेलकुद पूर्वाधार निर्माण समितिका सचिव रिमबहादुर रानाभाटले पोखरामा प्रस्ताव गरिएका पाँच खेलमा भलिबल, हृयाण्डबल, महिला फुटबल, आर्चरी र ट्रायथोलन खेल रहेको बताए ।

उनले प्रस्ताव गरिएका खेल पोखराका लागि उपयुक्त रहेको र पूर्वाधारका हिसावले समेत आयोजना सक्षम रहेको बताए।

कास्की जिल्लाका विभिन्न खेल पदाधिकारीसँगको अन्तक्रिर्यामा स्थानीय पदाधिकारीलेसागको उद्घाटन वा समापन कार्यक्रममध्ये एक पोखरामा आयोजना गर्नुपर्नेमा जोड दिए ।

नेपाल हृयाण्डबल संघका अध्यक्ष तेज गुरु·ले पोखरामा जनस्तरबाटै खेलप्रतिको चासो रहेको र प्रस्तावित पाँच खेलमा अझै थप्न आग्रह गरे ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनील गुरु·ले पोखराले कुनै पनि खेल सञ्चालन र सम्पादन गर्न सक्ने भनाई राख्दै यथस्रि्र पूर्वाधार निर्माण शुरु गर्न आग्रह गरे ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समिति अध्यक्ष याम गुरु·, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली, पश्चिमाञ्चल प्रशिक्षण विभाग प्रमुख विद्या मर्सारी, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले बोलेका थिए ।

सागको तयारीका लागि पोखरा आएको टोलीले पोखरामा निर्माणाधीन पूर्वाधारसमेत निरीक्षण गरेको थियो । सन् २०१९ को मार्चमा हुने सागका लागि २५ खेल प्रस्तावित गरिएको छ ।

- एजेन्सी