तेक्वान्दो टोली कोरिया प्रस्थान

पोखरा, २८ असार। दुर्इ भिन्ना भिन्नै सहरमा आयोजना हुने दुर्इ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपाली तेक्वान्दो टोली बुधबार दक्षिण कोरिया प्रस्थान गरेको छ।

जुलाई १३ देखि १८ तारिखसम्म मुजुमा हुने ११ औं वर्ल्ड कल्चरल एक्सपोमा कुमार लामा घिसिङले पुम्से, नोर्र्बु लामाले पुम्से, उज्ज्वल कटुवालले ४२ केजी, प्रतीक श्रेष्ठले ४५ केजी, प्रसुम तामाङले ३८ केजी, नवीन श्रेष्ठले पुम्से, स्वरुप भण्डारीले ३५ केजी, अनिश महर्जनले ८७ केजी, रोहन माझीले १८ केजी, अभिभ श्रेष्ठले ३५ केजी, राहुल थापा मगरले ४५ केजी, राहुल माझीले ५४ केजी, अभिनव शाक्यले पुम्से, दिविहाङ लिम्बूले ५८ केजी, प्रेमबहादुर भण्डारीले ८० केजी, रिमोन महर्जनले ६८ केजी, सुमित्रा खत्रीले १८ केजी, संगीता बस्यालले ६७ केजी तथा प्रतिज्ञा भण्डारीले ५८ केजीमा प्रतिस्पर्धा गर्नेछन्। यो टोलीबाट खेल्ने घिसिङले टोली नेता, लामाले व्यवस्थापक र भण्डारीले प्रशिक्षकको भूमिका समेत निर्वाह गर्नेछन्।कल्चरल एक्सपोमा भैरहवाको सिर्द्धार्थनगरस्थित हेभन्ली गार्डेन किड्स क्याम्पसका खेलाडी युनिशा न्यौपाने, सेली पौडेल, केशु गुरुङ, फ्लोरा खड्का, गौरवकुमार यादव, आर्यन पौडेल र सोमिल श्रीवास्तवले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

टोली नेतामा रचना क्षेत्री, व्यवस्थापकमा पवनकुमार क्षेत्री र रेखा शर्मा ढकाल, प्रशिक्षकमा आठौं सागका स्वर्णयविजेता कोसिशबहादुर खड्का तथा ट्रेनरमा सुरेशकुमार जैसवाल छन्। जुलाई २८ देखि १ तािरखसम्म सिओलमा हुने विश्व तेक्वान्दो हान्मादाङ च्याम्पियनसिपमा अनिश, प्रेम, संगीता र प्रतिज्ञाले नेपालको चुनौती पेस गर्नेछन्।

टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले त्रिपुरेश्वरको दशरथ रंगशालास्थित राष्ट्रिय तेक्वान्दो प्रशिक्षण केन्द्रमा भएको एक कार्यक्रमबीच बुधबार बिदाइ गरे।

- अादर्श समाज सम्वाददाता