अन्तरव्यवसायी फुटसल उपाधि पोखरा टे्रडमललाई

पोखरा, २४ असार। अन्तर व्यवसायी फुटसल प्रतियोगिता २०७४ को उपाधि पोखरा टे्रेड मल व्यवसायी समितिले हात पारेको छ।

पोखरा फुटसल एरिनामा शनिबार भएको फाइनल खेलमा पोखरा ट्रेड मलले बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनलाई टाइब्रेकरमा ३-१ को गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो।

२०/२० मिनेटको निर्धारित समयमा दुबै तर्फ दुर्इ/दुर्इ गोल भएपछि खेल निर्ण्ाायकको लागि टाइब्रेकरमा धकेलिएको हो। खेलमा म्यान अफ दी म्याच पोखरा ट्रेड मलका सुमन गुरुङ घोषित भए।

साँघुमुख महेन्द्रपुल बजार समितिको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा बुद्ध बिशाल बजारका राजु गुरुङ उत्कृष्ट खेलाडी घोषित भए भने पोखरा ट्रेड मलका सुविन श्रेष्ठले हाइस्कोररको उपाधि जिते।

१८ टिमको सहभागिता रहेको प्रतियोगितामा पश्चिमाञ्चल अटो मोवाइल्स डिलर्स एशोसियसन अनुसाशित टीम घोषित भएको प्रतियोगिता संयोजक मोतिराज तिमिल्सिनाले बताए। प्रतियोगिताका विजेताले १५ हजार, उपविजेताले १० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको छ।

विजयी खेलाडीहरुको टोलीलाई नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर ४ का संयोजक संजीवबहादुर कोइराला, समितिका सल्लाहकार नारायणप्रसाद कोइराला, समितिका अध्यक्ष रामेश्वर अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर ४ का संयोजक कोइरालाले अब विभिन्न व्यवसायीहरुले आफ्नो पहिचान आफै गर्नुपर्ने बताए।

व्यवसायिलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गर्दै उनले कृषि क्रान्तिबाट देशको आर्थिक विकास हुने दावी गरे।

पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापाले यस्तो खेल गतिविधिले व्यवसायिक एकता कायम हुने विश्वास व्यक्त गरे। संस्थापक अध्यक्ष शिवप्रसाद बाँस्तोला, संयोजक मोतिराज तिमिल्सिना, बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष प्रदीप मुल्मी, सचिव सूर्यप्रसाद त्रिपाठीलगायले बोलेका थिए।

पोखराको पुरानो बजार साँघुमुख महेन्द्रपुलको बजार प्रबर्द्धन गर्न पहिलो पटक उक्त प्रतियोगिता आयोजना भएको हो।

- अादर्श समाज सम्वाददाता