खेलाडीलाई सम्मानः राष्ट्रपति

काठमाडौँ, २२ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुद क्षेत्रको सम्बद्ध पक्ष सक्रिय भएर अगाडि बढेमा यसले केही वर्षभित्र नै ठूलै फड्को मार्नसक्ने बताएकी छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा नवौँ राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको बिहीबार उद्घाटन गर्दै उनले राज्यले सकारात्मक प्रोत्साहनका रुपमा खेलाडीको जीवनवृत्ति र स्तरोन्नतिका लागि अवसर प्रदान गर्नुपर्ने तथा खेलाडीलाई सम्मान गर्दै जानुपर्नेमा जोड दिइन्। उनले हरेक विद्यालयले आफ्नो क्षेत्रको भौगोलिक अवस्था जलवायु, परम्परा तथा सांस्कृतिक भिन्नताका आधारमा उपयुक्त खेल समावेश गरी प्रतियोगिता सञ्चालन गरेमा खेलकुद क्षेत्रका साथै खेल पर्यटनको समेत विकास हुने विचार व्यक्त गरिन् ।प्रतियोगिताको टिम च्याम्पियनले रु २५ हजार, उपविजेताले रु २० हजार र तेस्रो हुनेले रु १५ हजार पुरस्कार प्राप्त गर्नेछन्।

- रासस