पोखरामा मनसुन-२ पर्रदर्शनी

पोखरा, २१ असार। पोखरामा शुक्रबारदेखि सामूहिक चित्रकला पर्रदर्शनी हुने भएको छ। सिर्जनशील कलाकार समूह पोखराद्वारा ‘मनसुन-२’ सामूहिक चित्रकला पर्रदर्शनी गर्न लागेको आयोजित पत्रकार सम्मेलनमा बताइएको छ।

महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा करिब ३३ जना कलाकारको ६६ वटा कलाकृतिको पर्रदर्शनी गरिने संयोजक दलबहादुर गुरुङले बताए।

प्रकृति र संस्कृति क्रमशः परिवर्तन हुँदै जाँदा यसको संरक्षण र सर्म्वर्द्धन हुनुपर्छ भन्ने मान्यतास्वरुप चित्रकला पर्रदर्शनी निरन्तरता दिन लागिएको गुरुङले बताए। पर्यटकीय संस्कृतिको धनी पोखराको समाज, मनसुनी प्रकृति र यहाँको विविध संस्कृतिसम्बन्धी कोरिएका कलाकृतिहरु पर्रदर्शनीमा राखिने गुरुङको भनाइ छ।

दुर्गा बराल ‘वात्सायन’, बुद्धि गुरुङ, सुनील सिग्देल, क्षेत्रलाल कायस्थ, गोपाल श्रेष्ठ, लोकप्रसाद गुरुङलगायत नाम चलेका पुराना कलाकार र दलबहादुर गुरुङ, झविन्द्र गुरुङ, ज्योति गुरुङ, हेमकान्ति गुरुङ र जगत पुनलगायत नयाँ आधुनिक कलाकारको कलाकृति पर्रदर्शनीमा राखिने छन्।

कलाकृति अवलोकनमा निःशुल्क प्रवेश दिइनेछ । पर्रदर्शनीमा १० हजारदेखि चार लाख रुपैयाँसम्म पर्ने कलाकृतिहरुको बिक्रि समेत हुने सिर्जनशील कलाकार समूहले बताएको छ। पर्रदर्शनी कास्की प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले उद्घाटन गर्ने बताइएको छ ।

पछिल्लो समय पोखराको हिल प्वाइन्ट विद्यालयमा कक्षा १२ सम्म कलासम्बन्धी अध्ययन अध्यापन हुँदै आए पनि यहाँ स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने ललितकला क्याम्पस तथा शैक्षिक संस्थाको समूहले माग गरेका छन्।

पोखराको कलाकारिता क्षेत्रबारे प्रतिक्रिया दिँदै ब्यङ्ग चित्रकार दुर्गा बराल ‘वात्सायन’ले समयअनुसारको कला विकास नभए पनि त्यति निराशा हुनुपर्ने समय नभएको बताए। वात्सायनको विचारमा यहाँको कलाकारिता क्षेत्रको जति विकास हुनुपर्ने हो, त्यो भएको छैन ।

पोखराको समाज र क्रियाशील अन्य संघसंस्थाबाट यहाँको कलाकारिताप्रति सहयोग नभएको वात्सायनको गुनासो छ। कलाकारिता क्षेत्रप्रति सम्बन्धित निकायबाट प्रोत्साहन नमिलेको उनले बताए। कुनै बेला पोखरामा आफूमात्र कलाकार रहेको सम्भFmदै वात्सायनले त्यतिवेला कलाकारिताको जनचेतनासमेत नरहेको उल्लेख गरे।

उनले अपवादवाहेक अन्तर्राष्ट्रिय बजारमा नेपाली कलाकारिताको उपस्थिति न्यून रहेको बताए।

कलाकारलाई राज्यले गहनाको रुपमा स्वीकारे पनि आवश्यक पर्दा गहना लगाउने र अरु बेला गहना सन्दुकमा थन्काइने गरेको उनको प्रतिक्रिया छ।

- अादर्श समाज सम्वाददाता