दोस्रो पोखरा स्पोर्टस् अवार्ड तयारी

पोखरा, २१ असार । नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले साउन २१ मा आयोजना गर्ने दोस्रो पोखरा स्पोर्टस् अवार्डको तयारी थालिएको छ ।

मञ्चको बुधबार बसेको बैठकले मञ्च अध्यक्ष केशव पाठक मूलआयोजक समिति संयोजक र उपाध्यक्ष दीननाथ बराल उपसंयोजक रहेको एक सय एक सदस्यीय मूलआयोजक समिति गठन गरिएको छ ।

मञ्चमा आबद्ध ५५ सदस्य, पत्रकार महासंघ, कास्कीका पदाधिकारी, सदस्य, जिल्लास्थित सबै खेलसँग सम्बन्धित संघसंस्था, सहारा क्लबलगायत आयोजक समिति सदस्य रहेको सचिव रञ्जन अधिकारीले जानकारी दिए ।

यस्तै, अवार्ड सभ्य र भव्यरुपमा सम्पन्न गर्न ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित समितिमा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङ, संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पूर्व अध्यक्ष मोहन घले, विनोद लामिछाने, पूर्व कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, अग्रज पत्रकार नारायण कार्की, केशवशरण लामिछाने र मञ्चका पूर्व सल्लाहकार सुदर्शन रञ्जित छन् ।

यस्तै, गठित आठ उपसमितिमध्ये कोषाध्यक्ष विजय नेपालको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन भएको छ । सदस्यमा रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ, भीम घिमिरे, सरस्वती गुरुङ, विमला भण्डारी, विनोद लामिछाने, माधव बराल, केशव पाठक, दीननाथ बराल र सुरेन्द्र पौडेल छन् । प्रचारप्रसार उपसमिति संयोजकमा सचिव रञ्जन अधिकारी छन् । समितिमा सन्तोष पोखरेल, एकराज गिरी, दीपक परियार, राजाराम पौडेल, हेमराज अधिकारी, ढाकामोहन बराल, उमा आलेमगर, दीननाथ बराल र विजय नेपाल छन् ।  मञ्च तथा हल व्यवस्थापन उपसमितिको जिम्मेवारी मन क्षेत्रीलाई दिइएको छ । जसमा लक्ष्मी जिसी, सुरेन नेपाली, गौरव पहारी, नरहरि पौडेल सदस्य छन् । सुरज श्रेष्ठको संयोजकत्वमा अतिथि स्वागत सत्कार उपसमिति गठन गरियो । सदस्यमा सन्देश श्रेष्ठ, दुर्गा अधिकारी, प्रेम नेपाली, धन बस्नेत, उमा आलेमगर, कविता र्घर्तीमगर र क्षमता खड्का छन् ।रोहितराज पराजुली संयोजक रहेको खाना तथा आवास व्यवस्थापन उपसमिति सदस्यमा माधव रेग्मी, प्रदीप पौडेल, विजय नेपाल र शशी पौडेल चयन भए ।

सुरेन नेपालीको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम उपसमिति गठन भएको छ । सन्तोष सुवेदी, सुरज श्रेष्ठ र प्रभु अधिकारी सदस्य छन् ।

उमेश पुन फोटोग्राफी तथा भिडियोग्राफीतर्फ संयोजक रहेको उपसमिति सदस्यमा कृष्णमणि बराल, राम गुरुङ,र्र् इन्द्रप्रसाद पौडेल, दुर्गाप्रसाद पौडेल, युनिश गुरुङ र गीता रानामगर छन् ।

स्वयंसेवक तथा सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा सहसचिव अर्जुन गिरी छन् । सागरराज तिमिल्सिना, दीपक गादार, एमबी आस्था, लोकेन ढकाल, नारायण शाही र रोशन अधिकारी सदस्य छन् । अब अवार्डको लागि आर्थिक संकलन अभियान शुरु हुनेछ । मञ्च अध्यक्ष पाठकका अनुसार चाँडै सम्मानित व्यक्तित्व छनौट समिति गठन हुनेछ । गत वर्षझैं यसपालि पनि खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ । उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उदयमान खेलाडी तथा प्रशिक्षकलाई समेत नगदसहित सम्मान गरिनेछ ।

यसअघि साउन २७ मा हुने भनिएको कार्यक्रम विविध कारणवश एक साताअघि सारिएको हो ।

- अादर्श समाज सम्वाददाता