पौडेललाई विद्यावारिधि

पोखरा, २१ जेठ। युएसएडको प्रारम्भिक कक्षा पर्ढाई कार्यक्रम (इजिआरपी) को वरिष्ठ अनुगमन तथा मूल्यांकन विज्ञको रुपमा कार्यरत तारानाथ पौडेलले विद्यावारिधि प्राप्त गरेका छन्।

युएसएडको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित प्रारम्भिक कक्षा पर्ढाई (इजिआरपी) कार्यक्रम कास्कीलगायत देशका १६ जिल्लामा सञ्चालित छ।

पौडेलले काठमाडौं विश्वविद्यालयवाट नेपालका विद्यालयमा हुने लैंगीक हिंसासम्बन्धी विषयमा अनुसन्धान गरी विद्यावारिधि प्राप्त गरेका हुन्।

अर्जुनचौपारी गाउँपालिका-३, स्याङ्जा स्थायी घर भएका डा पौडेल लामो समयदेखि नेपालको अनुसन्धान क्षेत्रमा आवद्ध छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न संघसंस्थामा आवद्ध पौडेल अमेरिकामा रहेको म्याक्रोथिङ्क इन्स्टिच्युटको सम्पादकमण्डलको सदस्य, जापानस्थित दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय मञ्च (आइएसडिएस)को आमन्त्रित सदस्य, अमेरिकाको ग्लोबल जार्नल रिर्र्सच काउन्सिलको सदस्यको रुपमा आबद्घ छन्।

पौडेलले १० बढी अन्तर्राष्ट्रिय सम्मेलन र ५० बढी जर्नल तथा पत्रपत्रिकामा रिर्र्सचसम्बन्धी पेपर प्रस्तुत गरिसकेका छन्। उनले विद्यालयदेखि विश्वविद्यालयमा समेत अध्यापन गरेका छन्।

- एजेन्सी