आपतकालीन सेवामा अनेरास्ववियु

पोखरा, २१ असार । आपतविपत परे ब्यवस्थापनको लागि अनेरास्ववियु जिल्ला कमिटीले चार टोली गठन गरेको छ । अनेरास्ववियुले बनाएको उक्त टोलि विभिन्न ठाउँमा सहयोगमा जुटेका छन् ।

अनेरास्ववियु कास्कीका आपत विपत्ति ब्यवस्थापन समिति संयोजक सञ्जय पौडेल बैरागीको नेतृत्व र कास्की क्षेत्र न. ३ का संयोजक महेन्द्र पौडेलको सहकार्यमा अनेरास्ववियुको आपत्कालीन सेवा टोली सोमबार पहिरोले असर पारेको पोखरा ५, धारापानी बस्तीमा पुगेको छ । सहयोगका लागि पुगेको अनेरास्ववियुको आपत्कालीन टोलीले आवतजावत गर्न समेत नमिल्ने अवस्थामा रहेको हिलाम्य पहिरो ओहारदोहोर गर्न बाटो र थुनिएका भलको लागि कुलो निर्माण गरेको छ । पहिरोले ल्याएका ढुंगामुढालगायत सँगालेर पैदल हिड्नेको लागि बाटो निर्माण गरेको हो ।

अनेरास्ववियु कास्कीको आपतकालीन टोलीमा कास्की जिल्ला कमिटीका सहसचिव संजय पौडेल बैरागी, सचिवालय सदस्य विश्वदर्शन पराजुली, क्षेत्र न. ३ का संयोजक महेन्द्र पौडेल, जनप्रिय क्याम्पसका अध्यक्ष अनिल खड्का, क्षेत्र न. ३ का सदस्यलगायतको सहयोग थियो । पोखरा ५ वडा अध्यक्ष धनबहादुर नेपालीको नेतृत्वमा पहिरो सम्याउने काम भइरहेको छ । अरु कही कतै आपत विपत परे ९८४६१५११९२ ,९८४६४१२२५०, ९८५६०५६०९८ मा सहयोगका लागि खबर गरे तत्काल सहयोगको लागि जुट्ने अनेरास्ववियु कास्कीका सहसचिव तथा आपत विपत्ति ब्यवस्थापन समिति संयोजक संजय पौडेल बैरागीले बताए ।

- एजेन्सी