चलिए पोखरा अभियान

पोखरा, २१ असार।  नेपालबाट नजिक पर्ने उत्तर भारतका तीन मुख्य सहरमा आयोजित पाँचदिने पर्रवर्द्धनात्मक ‘चलिए पोखरा’ अभियान सकिएको छ।

असार १६ बाट २० गतेसम्म बिहारको पटना, उत्तर प्रदेशको लखनउ र गोरखपुरमा अभियान सञ्चालन गरिएको हो। अभियानमा व्यापारिक भेटघाट, पोखराको वृत्तचित्र पर्रदर्शन, भारतीयलाई नेपाल घुम्न निम्ता प्रदान र पर्रवर्द्धनात्मक सामग्रीको वितरण जस्ता कार्यक्रम समेटिएका थिए।

पश्चिमाञ्चल होटल संघ पोखराले ६ वर्षदेखि भारतीय पर्यटक आकषिर्त गर्न निरन्तर सञ्चालन गर्दै आएको उक्त अभियानलाई यसपटक नेपाल पर्यटन बोर्डले सघाएको थियो।

नेपालबाट नजिकका सहर भएका कारण बढीभन्दा बढी भारतीय पर्यटक आकर्षण गर्न सहज हुनेदेखि उत्तर भारतमा चलिए पोखरा अभियान सञ्चालन गरिएको आयोजक संघका अध्यक्ष एवं अभियानका संयोजक विकल तुलाचनले जानकारी दिए।

उनले भारतीय पर्यटकलाई नेपाल घुम्न आग्रह गर्दै पोखरामा धेरै स्तरीय होटल र पर्यटकका लागि आबश्यक सुविधा रहेको बताए।

पटनामा आयोजित कार्यक्रममा बोल्दै विहार स्टेट टुरिजम कपोर्रेसनका जनसर्म्पर्क अधिकृत गजेन्द्र सिंहले विहारमा नेपालबारे सूचना केन्द्र खोल्न सुझाव दिए।

पर्यटन विज्ञ एवं पर्यटन व्यवसायी सञ्जय शर्माले पर्यटक बोकेर नेपाल पुग्ने भारतीय सवारीसाधनलाई नेपाल भारत सिमा तथा अन्य स्थानमा सहज वातावरणको माग गर्दै वीरगञ्जबाट पोखरासम्म सिधा पर्यटक बस सेवा सञ्चालन गर्न सुझाव दिए। इन्डियन टुरिष्ट व्युरो पटनाका निदेशक अमिताभ मिश्रले पोखराबाट पटना र काठमाडौंबाट पटनासम्म सिधा हवाई सेवाको माग राखे।लखनउमा भएको कार्यक्रममा उत्तर प्रदेशस्थित भारतीय जनता पार्टीा प्रवक्ता राकेश त्रिपाठीले नेपाल आउन भारतीय पर्यटकका लागि भिसा आवश्यक नपर्नु राम्रो पक्ष भएको सुनाए।

पोखराको सुन्दरता आफूले भिडियोमा देखेको र यो देखेर आफू अहिलेसम्म किन पोखरा गइनँ भनि पछुतो लागेको भनाइ उनले राखे। यसैगरी, उत्तर प्रदेश ट्राभल एण्ड ट्रान्सपोर्ट एशोसिएशनका अध्यक्ष सुशील तिवारीले नेपाल भ्रमण गर्नका लागि भारतीयलाई पासपोर्ट समेत आबश्यक नपर्ने भन्दै लखनउ पोखरा सिधा हवाई सर्म्पर्क भए धेरै भारतीय पर्यटक नेपाल पुग्ने बताए।

गोरखपुरमा आयोजित कार्यक्रममा पर्यटन व्यवसायी अतुल केसरवानीले गोरखपुरबाट प्रशस्त भारतीय पर्यटक पोखरा पुग्ने गरेको स्मरण गराए। पोखराको सुन्दरताबाट भारतीय मोहित हुने गरेको सुनाउँदै उनले पोखरासम्मको यातायात पहुँच सुधार गर्न सुझाव राखे। पोखरा र मुक्तिनाथबाट भैरहवा सम्म सिधा हवाई उडान हुनुपर्ने, नेपालमा भारतीय पर्यटक बोकेका भारतीय सवारी दुर्घटनामा पर्दा नेपाली पक्षबाट सहयोगी भूमिका निर्वाह गर्नुपर्ने माग पनि त्यहाँका व्यवसायीको रहेको थियो।

संघका सल्लाहकार हरि शर्मा गैह्रेले नेपालमा भारतीय पर्यटकका लागि कुनै समस्या नभएको भन्दै केही समस्या भए तिनलाई सुधार गर्दै लगिने प्रतिबद्धता जनाए।

नेपाल पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले भारतीय पक्षबाट उठाइएका जिज्ञासाको उत्तर दिएका थिए।

संघका सल्लाहकार एवं होटल संघ नेपालका केन्द्रीय सदस्य विप्लव पौडेल र पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सूर्य भुजेलले चलिए पोखरा अभियान निकै फलदायी भएको बताउँदै थप सुधार गरी यो अभियानलाई अगाडि बढाउनुपर्ने बताए।

- एजेन्सी