आइपिएल स्वादमा पोखरामा क्रिकेट

पोखरा, २० असार । कास्की र यस आसपासका जिल्लाका क्रिकेट खेलाडीलाई व्यावसायिक क्रिकेट अनुभव गराउने गरी पोखरामा माछापुच्छे्र क्रिकेट लिग -एमसिएल) २०१७ हुने भएको छ ।

आगामी असार १७ देखि २८ गतेसम्म पोखरा नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको क्रिकेट मैदानमा हुने उक्त खेल इन्डियन प्रिमियर लिग -आइपीएल) स्वादमा हुने पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो ।

माछापुच्छे्र क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा छ वटा प|mान्चाइज टिम सहभागी हुने माछापुच्छे क्रिकेट क्लबका सहसचिव विवेक चालिसेले जानकारी दिए । खेल लिग कम नकआउट आधारमा हुनेछ ।

लिगमा बागलुङ, पर्वत, स्याङ्जा, तनहुँका एक/एक टिम कास्कीको माछापुच्छ्रे्र क्रिकेट क्लब र इन्फरमेटिभ कलेज सहभागी हुनेछन्। हरेक टिममा १५ जना खेलाडी, एक कोच र एक म्यानेजर रहने छन् ।

हरेक टोलीले लिग चरणमा एक अर्कासँग प्रतिष्पर्धा गर्ने छन् र शीर्ष चार टोली नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणमा पहिलो र दोस्रो स्थानमा रहने टोलीले पहिलो एलिमिनेटर खेल्ने छन् भने तेस्रो र चौथो हुने टोलीले दोस्रो एलिमिनेटर खेल्ने छन् । पहिलो एलिमिनेटर विजेता एमसिएल फाइनल प्रवेश गर्नेछ भने दोस्रो एलिमिनेटरमा विजेता पहिलोमा हार व्यहोरेको टोलीसँग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछ ।

प|mान्चाइज टिम खरिका लागि कुनै पनि व्यावसायिक संस्था वा व्यक्तिले आयोजकलाई ५० हजार रुपैयाँ बुझाउनुपर्ने छ भने खेलाडी खरिद बिक्री वा लिलाममा ५० हजारसम्म खर्च गर्न पाइने नियम बनाइएको छ ।

विजेताले रनिङ शिल्ड, प्रमाणपत्र, मेडल साथमा तीन लाख र उपविजेताले नगद एक लाख ५० हजारसहित शिल्ड, प्रमाणपत्र, मेडल पाउनेछ ।  प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख लाग्ने माछापुछ्रे्र क्रिकेट क्लबले जानकारी दिएको छ।

लिगका निम्ति खेलाडी छनोट तथा अनुबन्ध गर्न दुर्इदिने क्लोज क्याम्प गरी उत्कृष्ट खेलाडी लिलाम हुने क्लबका सल्लाहकार प्रकाश श्रेष्ठले बताए । क्लबका सल्लाहकार गनेश पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च कास्की अध्यक्ष केशव पाठकलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै पोखरामा क्रिकेट खेलसँगै खेलाडीको व्यावसायिकतामा टेवा मिल्ने बताए ।

- अादर्श समाज सम्वाददाता