राष्ट्रिय पोर्क फेस्टिभल सकियो

पोखरा, ४ असार। पोखरामा आयोजित तेश्रो राष्ट्रिय पोर्क महोत्स्ाव सम्पन्न भएको छ।

नयाँबजारमा तीन दिनसम्म सञ्चालित महोत्सव समापन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगरमा पशुपक्षीको बधस्थल निर्माण गर्न पहलक थाल्ने बताए।

उनले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण पशुपालन गर्ने कृषक, मासुको बिक्री वितरण गर्ने संघसंस्थासँग छलफल गरि छिट्टै पशुपक्षी बध गर्ने ठाउँ निर्माणमा अघि बढ्ने बताए।

पोखरामा धेरै पहिला बधस्थल निर्माण गर्ने भनिएको भएतापनि त्यो वेलामा काम हुन नसकेको बताउँदै जिसीले छिट्टै छाडारुपमा बध गर्ने कामको अन्त्य हुने गरी बधस्थल निर्माण गर्न आफु कटिबद्ध भएर लाग्ने बताए।

क्षेत्रीय पशु सेवा निर्देशनालय पोखराका क्षेत्रीय निर्देशक डा किशनचन्द ठकुरीले महोत्सवले बंगुरको मासुको प्रवर्द्धन गर्न ठूलो टेवा पुगेको बताए।

पूर्व सभासद एवं कास्की जिल्ला बंगुर ब्यवसायी समन्वय समितिका संयोजक कृष्णबहादुर गुरुङले पोर्क महोत्सवले बंगुर पालकका लागि प्रोत्साहन प्रदान गरेको बताउँदै आगामी वर्षमा स्थानीयस्तरमा पोर्क महोत्सवलाई निरन्तरता दिनुपर्ने बताए।

राष्ट्रिय पशु प्रजनन केन्द्र पोखराका प्रमुख रुद्रप्रसाद पौडेलले पोर्क महोत्सवले पोर्कको मासुअन्य जनावरको मासुभन्दा स्वास्थ्यवर्द्धक रहेको सन्देश प्रदान गरेको  बताए।

बंगुर ब्यवसाय संघ नेपालका केन्द्रिय अध्यक्ष उमेशकुमार राईले बंगुरको मासुको प्रवर्द्धनका लागि तेश्रो पोर्क महोत्सव कोसेढुंगा सावित भएको बताए। महोत्सवमा विशेषगरी रेष्टुरेण्टमा पाइने पोर्क बार वे क्यू, पोर्क प|mाई, पोर्क चिल्ल्ाी, सामगेपसाल, बं’देलको झिर, सेकुवा, पोर्क मःमः र चाउमिनप्रति दर्शक आकषिर्त भएको आयोजक बंगुर बृडर कृषक सहकारी संस्था कास्कीका अध्यक्ष योगबहादुर आचार्यले बताए। महोत्सवमा क्लासिक हृवील्स प्रालि पोखराको मुख्य प्रायोजन गरेको थियो।

बंगुर ब्यवसायी संघ नेपालको संयोजनमा भएको महोत्स्वमा नेपाल सरकार, पशुपक्षी विकास मन्त्रालय पशु सेवा विभाग, पशु उत्पादन निर्देशनालय, केन्द्रिय बंगुर तथा कुखुरा प्रवर्द्धन कार्यालय, पशुपंक्षी बजार प्रबर्द्धन निर्देशनालय, क्षेत्रीय पशु सेवा निर्देशनालय, पशु विकास फार्म लामपाटन पोखरा, जिल्ला पशु सेवा कार्यालय कास्की, जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्की, जिल्ला सहकारी संघ कास्की, जिल्ल्ाा कृषि सहकारी संघ कास्कीको सहयोग गरेका थिए।

पोखरा उद्योग वाणिज्य संघ र नेपाल पर्यटन वोर्ड क्षेत्रीय कार्यालय पोखरा प्रवर्द्धकको रुपमा रहेका थिए। त्यसैगरी, जिल्ला विकास समन्वय समिति र पोखरा लेखनाथ महानगरपालिकाको विशेष सहयोग रहेको थियो।

- एजेन्सी