पत्रकार भुषाललाई मातृशोक

पोखरा, ४ असार। प्रेस सेन्टर नेपाल कास्कीका अध्यक्ष तथा युवा पत्रकार विभु भुषाललाई मातृशोक परेको छ।

पर्वत फलेवास नगरपालिका-३, शंकरपोखरी निवासी गंगावती भुषालको ५८ वर्षको उमेरमा शुक्रबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारक्रममा निधन भएको परिवारजनले जनाएको छ। स्व. भुषाल विगत १ वर्षदेखि दम र मुटुसम्बन्धी समस्याले पीडित थिइन्। उनका विभूसहित तीन छोरा र दुर्इ छोरी छन्। विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यममा काम गरिसकेका विभू हाल पोखरा हटलाइन दैनिकमा सहसम्पादक छन्।

यसैबीच, प्रेस सेन्टर नेपाल कास्कीले शोकविज्ञप्ति जारी गरी संगठनका अध्यक्ष विभू भुषालकी ममतामयी आमाको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ।

- एजेन्सी