पोखरा २९ का जनप्रतिनिधिलाई सम्मान

लेखनाथ,२० जेठ। नेकपा एमाले पोखरा २९ चुनाव प्रचार प्रसार समितिले विजयी उम्मेदवारलाई स्वागत तथा सम्मान गरेको छ।

कार्यक्रममा वडावासी मतदातालाई बोलाई विजयी वडाध्यक्ष चेतबहादुर गुरुङ, महिला सदस्य निर्मला पौडेल, दलित महिला सदस्य मनकुमारी सुनार, खुल्ला सदस्य हेमवहादुर बानियाँ र थलबहादुर पाण्डे थापा र वडा नं ३० र ३२ का वडा सदस्यलाई सम्मान गरिएको हो।

कार्यक्रममा एमाले सल्लाहकार परिषद्का उपाध्यक्ष खगराज अधिकारीले जनताको विश्वास र भरोसाले विजयी उम्मेदवारले अब जनताको साझा उम्मेदवार भएर काम गर्नेमा विश्वास दिलाए।

चुनाव प्रचार प्रसार समिति वडा नं २९ का अध्यक्ष प्रमोद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नं ४ का विभाग सदस्य श्रीप्रसाद गुरुङ, एमाले कास्की क्षेत्र नं १ की क्षेत्रीय अध्यक्ष उमा परियार, वडा नं २७ वडाध्यक्षका प्रत्यासी कुमार गुरुङ, वडा नं ३२ का वडाध्यक्षका प्रत्यासी खेम पुनलगायतले जनप्रतिनिधिलाई जनताको मन जित्न सक्नु पर्ने सुझाव दिएका थिए।

युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य नगर सदस्य प्रमोद भण्डारीले गरेका थिए।

- अादर्श समाज सम्वाददाता