रुहानी पुनः राष्ट्रपति निर्वाचित

इरान, ६ जेठ। इरानमा भएको राष्ट्रपति निर्वाचनबाट ५७ प्रतिशत मत प्राप्त गरी वर्तमान राष्ट्रपति नयाँ कार्यकालका लागि निर्वाचित भएको गृहमन्त्री अब्दोलरेजा रहमानी फजलीले बताएका छन्।

शुक्रबार भएको निर्वाचनमा खसेका चार करोड १२ लाख २० हजार १३१ मतमा रुहानीले दुर्इ करोड ३५ लाख ४९ हजार ६१६ अर्थात् ५७ प्रतिशत मत प्राप्त गर्नुभएको फजलीले बताए। गणना भएको मत संख्या खसेको सम्पूर्ण मत सङ्ख्याको ९९.७ प्रतिशत हो।

रुहानीका निकटतम प्रतिद्वन्द्वी इब्रँाहिम राइजीले एक करोड ५७ लाख ८६ हजार चार सय ४९ अर्थात् ३८.५ प्रतिशत मत प्राप्त गर्नुभएको गृहमन्त्रीले जानकारी गराऐ।

इरानको कानुनअनुसार मत नतिजामा चित्त नबुझेमा तीन दिनभित्र उजुरी इरानको ‘गार्जियन काउन्सिल अफ कन्सटिच्युसन’ मा दर्ता गर्न सक्ने प्रावधान छ। राज्यको केन्द्रिय व्यवस्थापिका भएका नाताले काउन्सिलले राष्ट्रपतीय निर्वाचनमाथि उठाइने उजुरमाथि विचार गरी नतिजालाई पुष्टि (सदर वा बदर) गर्ने यहाँको कानुनी प्रावधान छ।

शनिबार इरानका सवोर्च्च नेता आयतोल्लाह अलि खामेनीले रुहानीको पक्षमा विशाल जनसर्मर्थन मतदानमार्फत गरेकामा इरानी जनतालाई धन्यवाद ज्ञापन गर्नुभएको छ। इरानमा राष्ट्रपतिको छनौटका लागि शुक्रबार मतदान भएको थियो।

इरानी सवोर्च्च नेता आयातोल्लाह अलि खामेनीले नयाँ राष्ट्रपति छनौट गर्ने निर्वाचनमा स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे मत गर्दै सम्पूर्ण इरानी जनतालाई समयमै मतदान केन्द्रमा पुगी आफ्नो मताधिकारको सदुपयोग गर्न आग्रह गर्नुभएको थियो।

‘इस्लामिक गणतन्त्र इरानमा राष्ट्रपतिको निर्वाचनलाई विशेष महत्व दिइन्छ र इरानी जनताले यो सन्देशलाई ध्यानपूर्वक लिनेछन्’-इरानी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा खामेनीले भने। उक्त अवसरमा उनले निर्वाचन प्रजातन्त्रको आधार भएको बताए।

पाँच करोड ६० लाख इरानी नागरिकले आफ्नो मताधिकार प्रयोग गर्दै आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेका हुन्।

बिहीबार इरानका गृहमन्त्रीले राष्ट्रपतिको दौडमा रौहानी, इबाहीम राइजी, मोस्तफा अघामिसाालम र मोस्तफा हसेमी तावा रहेको औपचारिक घोषणा गरेका थिए।

राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न चाहेका एक हजार ६३६ जनाले गत अप्रिल २१ मा निवेदन दिएको भए पनि छ जना मात्र राष्ट्रपतिको उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्न योग्य मानिएका हुन्।

गत मंगलबार सुधारवादी उपराष्ट्रपति इशाक जहाङगिरीले आफूले राष्ट्रपतिको निर्वाचन उम्मेदवारी फिर्ता लिएको जनाएका थिए।

- रासस/सिन्हृवा