नारी साहित्य परिषद् नेपालमा न्यौपाने

पोखरा, ६ जेठ। नारी साहित्य परिषद् नेपालको पोखरामा प्रथम भेला भएको छ।

भेलाले भावना न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

कार्यसमिति उपाध्यक्षमा शान्ति शर्मा, सचिव गौरी तमु, सहसचिव तारा पराजुली, कोषाध्यक्ष कल्पना खरेल र सहकोषाध्यक्ष तारा केसी छन्।

सदस्यमा अम्बिका भण्डारी, टीका सापकोटा, बादलदेवी चाम्लिङ, भवानी तिमिल्सिना, जयन्ति थापा सरगम र सन्ध्या रिजाल छन्। एक सदस्य पछि थपिने बताइएको छ।

प्रमुख अतिथि संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद हरिदेवी कोइरालाले महिला सशक्तिकरणका लागि पछिल्लो पुस्ता अग्रसर भएको औंल्याइन्। जुन पुस्ता भविष्यका लागि आशा लाग्दो रहेको कोइरालाको भनाइ थियो।

उनले सम्भावनाका नयाँ क्षेत्र पहिचान गर्नुपर्नेमा जोड दिदैं अधिकार र सिर्जनाको क्षेत्रमा क्रियाशील हुनुपर्ने बताइन्।

कार्यक्रममा साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’ लगायत बोलेका थिए।

भेलामा सहभागीले गीत, कविता, गजल र मुक्तक वाचन गरेका थिए।

भावना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अम्विका भण्डारीले स्वागत र गौरी तमुले सञ्चालन गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता