प्रतिबद्घता पूरा गर्छु : कुँवर

हेमजा, ४ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत अन्नपूर्ण गाउँपालिका अध्यक्षमा निर्वाचित युवराज कुँवरले आफूले चुनावअघि जनतामाझ गरेका प्रतिबद्घत पूरा गर्ने दोहोर्‍याका छन् ।

बिहीबार सल्यानको नयाँपुलमा विजयी र्‍यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष कुँवरले सो कुरा बताएका हुन् ।

आफू कसैको अनावश्यक दबाबमा नपरी भन्दै उनले यस क्षेत्रका जनताको सवोपरी हितलाई ध्यानमा राखी कार्य अगाडि बढाउने बताए ।

कुँवरले आफूले गाउँपालिकाका पर्यटकीय क्षेत्रको संरक्षण र सर्वद्घन गर्ने कुरा मुख्य रुपमा उठाएको चर्चा गर्दै त्यो प्रतिबद्घता जुनसुकै हालतमा पनि पूरा गरी छाड्ने वचनबद्घता व्यक्त गरे ।

आफूलाई मतदान गरी विजयी गराउने मतदाताप्रति पनि उनले आभार प्रकट गरे।

कार्यक्रममा नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका सहसंयोजक मनपति भण्डारीले जनता जर्नादन भएको औल्याउँदै जनताको प्रत्यक्ष जनजीविकालार्ई ध्यान दिई आफ्ना कार्य अगाडि बढाउन गाउँपालिका अध्यक्ष कुँवरलाई सुझाव दिए ।

सहसंयोजक भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम साविक नेपाली काँग्रेस ढिकुरपोखरी गाउँ इकाइका सचिव कृष्णप्रसाद सुवेदीले सञ्चालन गरेका थिए ।

स्थानीय तहको निर्वाचनअन्तर्गत कुँवर कास्कीका चार गाउँपालिकामध्ये काँग्रेेसबाट प्रमुख जित्ने एकमात्र हुन् ।

उनले निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार विष्णु केसीलाई दुर्इ सय ६४ मत अन्तरले पराजित गर्दै आगामी ५ वषे कार्यकालका लागि गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

कुँवरले चार हजार छ सय ७२ मत ल्याउँदा केसीको पक्षमा चार हजार चार सय आठ मत छ । गाउँपालिका उपाध्यक्षमा भने एमालेकी सगुन गुरुङ निर्वाचित भएकी छन् । उनले काँग्रेसकी खेमकुमारीलाई एक सय १५ मतअन्तरले मात्र पराजित गरेकी थिइन् ।

- अादर्श समाज सम्वाददाता