शुक्लागण्डकीमा काँग्रेसका गुरुङ विजयी

खैरेनीटार, ४ जेठ । शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका किसान गुरुङ विजयी भएका छन् । नौ हजार चार सय २४ मत सहित उनी विजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी नेकपा एमालेका रामचन्द्र उपाध्यायले आठ हजार सात सय पाँच मत प्राप्त गरे।

उपमेयर पदमा नेकपा एमालेकी सविता रसाइलीले आठ हजार नौ सय ८३ मत प्राप्त गरि विजयी भएकी छन्  भने उनकी प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी सर्वदा खनालले सात हजार चार सय ३७ मत प्राप्त गरिन् ।

१२ वटा रहेको शुक्लागण्डकीमा सात वटामा एमाले, तीन वटामा काँग्रेस र दुर्इ वडामा माओवादी केन्द्र विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा नेपाली काँग्रेसका रवीचन्द्र पौडेलले नौ सय ४३ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भए ।

२ मा नेकपा एमालेका जगत गुरुङको प्यानल विजयी भयो । ३ मा एमालेका रामकुमार श्रेष्ठको प्यानल आयो । ४ मा नेपाली काँग्रेसका शिवकुमार श्रेष्ठको प्यानल विजयी हुँदा ५ मा नेकपा एमालेका दीघबहादुर थापाको प्यानल, ६ मा नेकपा एमालेका कृष्णबहादुर पौडेलको प्यानल र वडा नं. ७ मा नेकपा एमालेका रामजी केशीको प्यानल विजयी भएको छ ।

वडा नं. ८ मा नेपाली काँग्रेसका कृष्णप्रसाद रेग्मीको प्यानल, वडा नं. ९ मा नेकपा एमालेका लोकनारायण श्रेष्ठको प्यानल विजयी भएको छ । वडा नं. १० मा नेकपा माओवादी केन्द्रका रामचन्द्र भण्डारी वडाअध्यक्ष र एउटा खुला वडा सदस्यमा, नेकपा एमालेले एउटा वडा सदस्यमा र नेपाली काँग्रेसले महिला सदस्य र दलित महिला सदस्यमा विजय हासिल गरेका छन् ।

वडा नं. ११ मा नेकपा एमालेका दलबहादुर थापाको प्यानल विजयी भएको छ र वडा नं. १२ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका मनराज गुरुङ विजयी भएका छन् ।

- अादर्श समाज सम्वाददाता