काँग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा

काठमाडौं, ३ जेठ। पहिलो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा आइतबार भएको निर्वाचनमध्ये १२० भन्दा बढी स्थानीय तहको परिणाम सार्वजनिक भएको छ।

बुधबार मध्यरातसम्मको मतगणना परिणामअनुसार नेकपा एमालेले ५० स्थानमा जित हात पारेको छ भने दोस्रो स्थानमा रहको कांग्रेसले ४५ स्थानमा जीत हात पारेको छ। त्यस्तै, माओवादी केन्द्रले २० स्थानमा जीत हात पारेको छ। निर्वाचनका क्रममा विषेश गरी एमाले र काँग्रेसबीच मुख्य प्रतिस्पर्धा भएको छ। मतगणना जारी रहेका स्थानीय तहहरुमा पनि मुख्यतः काँग्रेस एमालेवीच नै प्रतिस्पर्धा देखिएका छन्।

मतगणना शुरु भएको तीनदिनपछि राप्रपा, नयाँ शक्ति, जनमोर्चाले पनि एक/एक स्थानमा जित हात पारेको छ। स्वतन्त्र उम्मेदवार ३ स्थानमा विजयी भएका छन्। निर्वाचन भएका चार वटा महानगरपालिकाहरुमा काँग्रेस र एमालेबीच नै टक्कर देखिएको छ। काठमाडौ, ललितपुर र पोखरा लेखनाथ महानगरपालिकामा एमाले र काँग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ भने चितवनको भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा छ।

भरतपुरमा माओवादी र काँग्रेसको गठबन्धनमा उम्मेदवारी दिएका प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई पछ्याइरहेकी छन्।

प्रदेश नं.-४ जिल्लागत विवरणः

linerbreak

मुस्ताङः

  • घरपझोङ गाउँपालिका-एमाले
  • लोमानथाङ गाउँपालिका-काँग्रेस
  • थासाङ गाउँपालिका-काँग्रेस
  • दालोमे गाउँपालिका-स्वतन्त्र
  • बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका-काँग्रेस

linerbreak

म्याग्दीः

  • मालिका गाउँपालिका-नेपाली काँग्रेस
  • वेनी नगरपालिका-काँग्रेस

linerbreak

बाग्लुङः

  • बर्‍याङ गाउँपालिका-जनमोर्चा
  • काठेखोला गाउँपालिका-एमाले
  • गल्कोट नगरपालिका काँग्रेस
  • तारा खोला गाउँपालिका-माओवादी
  • निशिखोला गाउँपालिका-काँग्रेस
  • तमानखोला गाउँपालिका-काँग्रेस

linerbreak

मनाङः

  • नारफू गाउँपालिका-काँग्रेस
  • चामे गाउँपालिका-एमाले
  • नासोङ गाउँपालिका-काँग्रेस
  • नेस्याङ गाउँपालिका-एमाले

linerbreak

कास्कीः 

  • माच्छापुछ्रे गाउँपालिका-एमाले
  • अन्नपूर्ण गाउँपालिका-काँग्रेस
  • रुपा गाउँपालिका-एमाले
  • मादी गाउँपालिका-एमाले

linerbreak

पर्वतः

  • फलेवास नगरपालिका-एमाले
  • महाशिला गाउँपालिका-एमाले
  • पयौं गाउँपालिका-काँग्रेस

linerbreak

स्याङ्जाः

  • आँधीखोला गाउँपालिका-एमाले
  • फेदीखोला गाउँपालिका-एमाले
  • हसिना गाउँपालिका-एमाले

linerbreak

नवलपरासीः

  • बुङदीकाली गाउँपालिका-काग्रेस
  • हुप्सेकोट गाउँपालिका-काँग्रेस
  • विनयीत्रिवेनी गाउँपालिका-काँग्रेस
  • बुलिङटार गाउँपालिका-काँग्रेस

linerbreak

तनहुँ:

  • बन्दीपुर गाउँपालिका-माओवादी
  • घिरिङ गाउँपालिका-एमाले
  • देवघाट गाउँपालिका-एमाले
  • आबुखैरेनी गाउँपालिका-काँग्रेस

linerbreak

लमजुङः

  • मध्यनेपाल नगरपालिका-काँग्रेस
  • दुधपोखरी गाउँपालिका-काँग्रेस

linerbreak

गोरखाः

  • अजिरकोट गाउँपालिका-काँग्रेस
  • सिराञ्चोक गाउँपालिका-काँग्रेस
  • चुमनुब्री गाउँपालिका-काँग्रेस
  • गण्डकी गाउँपालिका-काँग्रेस

- अादर्श समाज सम्वाददाता