माछापुच्छ्रे गाउँपालिकामा एमालेका कर्ण

पोखरा, ३ जेठ। कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार कर्णगुरुङ विजयी भएका छन्। गुरुङले निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार खुसीमान गुरुङलाई एक हजार सात मतान्तरले पराजित गरे। कर्णो पाँच हजार छ सय सात मत आउँदा खुशीमानको चार हजार छ सय मत छ।

उपप्रमुखमा एमालेकै कृष्णकुमारी दवाडी पौडेल विजयी भइन्। काँग्रेसकी टेकनशोभा गुरुङलाई एक हजार छ मतले पछि पार्दै पौडेल उपप्रमुखमा विजय बनेकी हुन्। पौडेलले पाँच हजार पाँच सय ७९ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी टेकनशोभाले चार हजार चार सय ७३ पाइन्।

माछापुच्छ्रेको सात वटा वडामा एमालेले वडाध्यक्षसहित प्यानल नै जितेको छ। ३, ४, ५, ६, ७, ८ र ९ मा एमालेले प्यानलै जितेको हो। १ मा काँग्रेसले वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र एक खुल्ला सदस्य जितेको छ। १ मा काँग्रेसले एक खुल्ला सदस्य जितेको छ। वडा नम्बर २ मा नेकपा एमालेले वडाध्यक्षसहित महिला सदस्य र दलित महिला सदस्य जितेको छ। २ नम्बर वडामा काँग्रेसले २ खुल्ला सदस्य जितेको छ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली काँग्रेसका वीरेन्द्र गुरुङ विजयी भएका छन्। गुरुङले ४९२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका आशकुमार गुरुङको ४७४ मत प्राप्त गरे।

महिला सदस्यमा काँग्रेसकी जमुना पुन र दलित महिला सदस्यमा श्याममाया सुनार तथा खुला सदस्यमा एमालेका सूर्य गुरुङ विजयी भए। अको एक खुल्ला सदस्यमा नेपाली काँग्रेसका कैले मगर गोलाप्रथाबाट विजयी भए। कैले मगर र काँग्रेसकै निरबहादुर गुरुङले समान चार सय ८६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट विजयी घोषणा गरिएको हो। वडा नम्बर २ को वडाध्यक्षमा नेकपा एमालेका विक्रम गुरुङ विजयी भए।

वडा नम्बर ३ को वडाध्यक्षमा नेकपा एमालेका सूर्यप्रसाद लम्सालहितको प्यानल विजयी भएको छ। वडा नम्बर ४ को वडाध्यक्षमा पूर्णबहादुर शाहीसहित एमालेको प्यानलले जितेको छ। ५ नम्बर वडाको अध्यक्षमा नेकपा एमालेका जुमबहादुर गुरुङसहितको प्यानलले जित्यो।

वडा नम्बर ६ को वडाध्यक्षमा हरिश्चन्द्र ढुङ्गानासहित एमाले प्यानल विजयी भएको छ। विजयी ढुङ्गानाले आठ सय १२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका छविरमण पौडेलले ४१६ मत प्राप्त गरे।

महिला सदस्यमा बसन्ती सुवेदी, दलित महिला सदस्यमा लक्ष्मी दमै तथा खुल्ला सदस्यमा नन्दलाल गौतम र लोकराज अधिकारी विजयी भए। वडा नम्बर ७ को वडाध्यक्षमा समबहादुर गुरुङसहित एमालेको प्यानल विजयी भएको छ।

वडाध्यक्षमा विजयी गुरुङले पाँच सय ९४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बैकुण्ठप्रसाद भण्डारीले तीन सय ९२ मत प्राप्त गरे। महिला सदस्यमा एमालेका रेनुका परियार, दलित महिला सदस्यमा देवकुमारी कामी तथा खुल्ला सदस्यमा बाबुराम भण्डारी र कृष्ण भण्डारी विजयी भए।

वडा नम्बर ८ को वडाध्यक्षमा कृष्णप्रसाद दवाडीसहित एमाले प्यानल विजयी भएको छ। विजयी दवाडीले छ सय २८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामबहादुर गुरुङले पाँच सय ५३ मत प्राप्त गरे। महिला सदस्यमा पुष्पकुमारी गुरुङ, दलित महिला सदस्यमा शान्ति नेपाली तथा खुल्ला सदस्यमा नवीन रानामगर र गिरीधारी दाहाल विजयी भए।

वडा नम्बर ९ को वडाध्यक्षमा दुर्गाबहादुर क्षेत्रीसहित एमाले प्यानल विजयी भएको छ। विजयी क्षेत्रीले तीन सय ५२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मेखबहादुर गुरुङले तीन सय छ मत प्राप्त गरे।

- अादर्श समाज सम्वाददाता