अन्नपूर्णमा काँग्रेसका युवराज विजयी

पोखरा, ३ जेठ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार युवराज कुँवर विजयी भएका छन्। कास्कीका चार गाउँपालिकामध्ये तीन वटा एमालेमा विजयी भएकोमा अन्नपूर्णको प्रमुखमा काँग्रेसले जितेको हो।

विजयी कुँवरले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विष्णु केसीलाई दुर्इ सय ६४ मतान्तरले पराजित गरेका हुन्। कुँवरले चार हजार छ सय ७२ मत पाउँदा एमालेका केसीले चार हजार चार सय आठ मत पाए।

उपाध्यक्षमा एमालेकी सगुन गुरुङ निर्वाचित भइन्। सगुनले काँग्रेस उम्मेदवार खेमकुमारी गुरुङलाई एक सय १५ मतले पराजित गरेकी हुन्। सगुनको चार हजार पाँच सय ८६ मत आउँदा खेमकुमारीको चार हजार चार सय ६९ मत छ।

अन्नपूर्णको अधिकांश वडा काँग्रेस प्यानल विजयी भएको छ। काँग्रेसले १, ४, ५, ६, ८ र ९ नम्बर वडामा जित हात पारेको छ भने एमालेले २, ३, ७, १० र ११ नम्बर वडामा जित हात पार्‍यो। १ मा प्यानलसहित जितेको काँग्रेसले वडाध्यक्षमा भरतबहादुर कुँवर चार सय ५७ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका केदारनाथ अधिकारीले चार सय तीन मत पाए। खुला सदस्यतर्फ इन्द्रप्रसाद सुवेदी, नवराज श्रेष्ठ, महिला सदस्यमा गंगादेवी केसी तथा दलित महिला सदस्यमा राजकुमारी परियार विजयी भइन्।

वडा नम्बर २ मा एमालेका उम्मेदवार विजयी भएका छन्। वडाध्यक्षमा चूडामणि अधिकारीले चार सय ९० मतका साथ विजयी हुँदा प्रतिष्पर्धी काँग्रेसका शोभाखर अधिकारीले चार सय ३२ मत पाए। खुल्ला सदस्यमा एमालेका देवराज भण्डारी र काँग्रेसका खगराज अधिकारी विजयी भए भने महिला सदस्यमा काँग्रेसकै भगवती भण्डारी तथा दलित महिला सदस्यमा नौली सुनार विजयी भइन्।

३ मा एमाले प्यानल विजयी भयो। चन्द्रबहादुर गुरुङले सात सय सात मत पाउँदा निकटतम प्रतिष्पर्धी काँग्रेसका गमबहादुर गुरुङको तीन सय २१ मत छ। खुला सदस्यमा डिल्लीराम पौडेल, विकास गुरुङ, महिला सदस्यमा उजेली खत्री र दलित महिला सदस्यमा रुपा परियार निर्वाचित भइन्।

४ नम्बर वडामा काँग्रेसको प्यानल विजयी भयो। वडाध्यक्षमा भरतबहादुर केसीले ७ सय ७० मत पाउँदा एमाले उम्मेदवार ताईकाजी गुरुङको ५ सय ४५ मत छ। सदस्यमा अमरबहादुर केसी, अनिलकुमार गुरुङ, महिला सदस्यमा उजेली पाध्या तथा दलित महिला सदस्यमा विमला सुनार विजयी भएकी छिन्।

५ मा पनि काँग्रेसको प्यानल विजयी भएको छ। वडाध्यक्षमा जीवनाथ पौडेलले ४ सय २४ मत पाउँदा एमाले उम्मेदवार अर्जुन केसीको २ सय ८१ मत छ। खुला सदस्यमा सहबहादुर कामी र जसबहादुर विक, महिला सदस्यमा भगवती केसी तथा दलित महिला सदस्यमा बालिका सार्की निर्वाचित भएकी छिन्।

६ नम्बर वडामा पनि काँग्रेसको प्यानल विजयी भयो। चित्रबहादुर गुरुङले चार सय १२ मत पाउँदा एमाले उम्मेदवार लिला अधिकारीले तीन सय ८१ मत पाए। खुला सदस्यतर्फ रामबहादुर गुरुङ, अम्बरबहादुर केसी, महिला सदस्यमा लक्ष्मी देवकोटा, दलित महिला सदस्यमा सेती विक चयन भइन्।

७ मा एमाले प्यानल विजयी भयो। एमाले उम्मेदवार घनश्याम चापागाईँको चार सय तीन मत आउँदा प्रतिष्पर्धी काँग्रेसका हरिमान गुरुङले दुर्इ सय ७० मत ल्याए। सदस्यमा कर्णहादुर क्षेत्री, कृष्णबहादुर मगर, महिला सदस्यमा छत्रकुमारी गुरुङ र दलित महिला सदस्यमा चिजाकुमारी कामी विजयी भइन्।

वडा नम्बर ८ मा काँग्रेस प्यानल विजयी भयो। काँग्रेस उम्मेदवार विजय गुरुङको चार सय ७६ मत आउँदा एमालेका धर्मदत्त पौडेलको तीन सय ३२ मत छ। सदस्यमा टेकबहादुर गुरुङ, अमृत गुरुङ, महिला सदस्य भीमकुमारी क्षत्री, दलित महिला सदस्यमा गौमाया नेपाली निर्वाचित भइन्।

९ मा काँग्रेस प्यानल विजयी हुँदा वडाध्यक्षमा बलबहादुर क्षेत्रीले दुर्इ सय १५ मत पाए। प्रतिष्पर्धी पृथ्वीलाल जैसीको एक सय ८८ मत छ। सदस्यमा नजरमान गुरुङ, गनबहादुर पुन, महिला सदस्य गममाया पुन र दलित महिला सदस्यमा सुकमाया दमै निर्वाचित भए।

१० र ११ नम्बर वडामा एमाले प्यानल विजयी भयो। १० अध्यक्षमा एमाले उम्मेदवार कुमारप्रसाद गुरुङले चार सय ३४ मत पाउँदा काँग्रेसक ध्रुवा गुरुङ घलेले तीन सय ४४ मत पाए। सदस्यमा मीनाकुमारी राना र अर्जुन विक, महिला सदस्य रीता क्षत्री, दलित महिला सदस्य कमला सार्की विजयी भइन्।

११ मा वडाध्यक्ष हिमबहादुर गुरुङले चार सय १५ मत ल्याई विजयी हुँदा प्रतिष्पर्धी काँग्रेसका भुवनेश्वर गुरुङको चार सय मत छ। सदस्यमा रुद्रबहादुर क्षत्री, इन्द्रमणि जैसी, महिला सदस्य जगनमाया गुरुङ र दलित महिला सदस्य एमाले उम्मेदवार विजयी भइन्।

- अादर्श समाज सम्वाददाता