काँग्रेसको खुसीयाली र्‍याली

पोखरा, ३ जेठ। पोखरा लेखनाथ महानगरपालिकाका वडामा प्यानल नै विजयी गरेको नेपाली काँग्रसले बुधबार खुसीयाली र्‍याली निकालेको छ। काँग्रेस वडा इकाइ समिति २, ३ र ४ ले आफ्नो वडामा बाजागाजासहित खुसीयाली र्‍याली निकालेको हो। र्‍यालीले वडाका सबैजसो स्थान परिक्रमा गरेको थियो।

र्‍यालीमा वडाका नेता, कार्यकर्ता, शुभेच्छुकको सहभागिता थियो। र्‍यालीमा सहभागी विजयी उम्मेदवारलाई स्थानीयले फूल, माला र खादाले स्वागत तथा सम्मान गरेका थिए। विजयी उम्मेदवारले घरदैलो गर्दै आफूलाई मतदान गरी सहयोग गर्नेप्रति आभारसमेत व्यक्त गरेका थिए।

महानगरको वडा न. २ मा रामेश्वर मल्ल, ३ मा रविन्सन प्रजु र ४ मा शंकरप्रसाद बास्तोला नेतृत्वको काँग्रेस प्यानल विजयी भएको थियो।

- अादर्श समाज सम्वाददाता